Techie IT
शनिबार, वैशाख ६,२०८२

पार्टीको शुद्धीकरणको लागि विद्रोह गर्नुपर्छ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
काठमाडौंको चाबहिलमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो लागि राजनीति गर्ने समय अब १० वर्षमात्र बाँकी रहेको भन्दै उनले पार्टी भित्र नयाँ संघर्षको बोध हुन लागेको बताए ।

‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र ठूलो बिद्रोह गर्नुपर्ने बेला आएको छ । हाम्रो आफ्नै पार्टी भित्र अहिले हर्ने हो भने यत्रो ठूलो असन्तुष्टि छ । पार्टीमा न्याय भएन भन्नेछ । सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्नेछ । पार्टीलाई ठिक ठाउँमा पु¥याउनुपर्ने बेला आएको छ । नत्र त पार्टी सत्ताको मात्र हतियार हुनेभयो । यो सबै कुरालाई चिर्नको लागि अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको छ । ’
युवाले रोजगारी पाउने नेपालको लागि मुख्य मुद्दा भएको भन्दै उनले नेपालमा उत्पादित वस्तुले बजार पाउने अवस्था बन्यो भने मात्रै १० वर्षमा १० लाखले रोजगारी पाउने उनले बताए ।

उनले सरकार मात्र निर्वाचन लगायत अन्य कुरामा केन्द्रित भएको बताउँदै जनताको स्वास्थ्योपचारमा उदासिन बनेको र सरकारलाई कोरोनाको बेलामा काम भएन भनेर बिरोध गरिरहेको तर अहिले आफ्नै पार्टीको नेतृत्वमा रहेको सरकारबाट डेंगु नियन्त्रण र न्युनिकरणका लागि पहल हुन नसकेको बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #गगन थापा, #पार्टीको शुद्धीकरणको लागि विद्रोह गर्नुपर्छ : गगन थापा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545