चितवनमा सवारी दुर्घटना न्यूनीकरणका लागी टाइम कार्ड लागु

जिल्ल प्रहरी कार्यालय चितवनले जिल्लाका राजमार्गमा सवारी चलाउँदा तीव्र गति नियन्त्रण गर्न टाइम कार्ड लागु गरेको छ । चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत प्रहरीले जिल्ला भएर पूर्वपश्चिम चल्ने लामो दूरीका यात्रुवाहक सवारीसाधन र ट्रिप्परलाई आज (शुक्रबार) देखि लागु हुने गरी टाइमकार्ड लागू गरिएको हो ।
सवारीसाधन चलाउँदा तीब्र गतिमा सवारी हाँक्ने र दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने अभिप्रायले उक्त कार्यक्रम गरिएको चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । उनका अनुसार राप्ती नगरपालिकाको लोथर र भरतपुर महानगरपालिकाको गोन्द्राङ क्षेत्र त्यस्तै, गोन्द्राङबाट मुग्लिङ र मुग्लिङदेखि फिस्लिङसम्म तोकिएको गति भन्दा बढी सवारीसाधन गुडाएको पाइए कारबाही गर्ने बताए ।
हामीले आजदेखी दुई भागमा विभाजन गरेर टाइम कार्डको व्यवस्था गरेका छौँ । उपरीक्षक अधिकारीले भने, अब राजमार्ग तथा सहरभित्रका सडकमा निश्चित गतिभन्दा बढीमा सवारीसाधन गुडाएमा चोकहरूमा खटिएका प्रहरीले कार्वाही गर्न सक्ने छन् । यी सडकमा चल्ने टिपरले तोकिएको स्थानमा अनिवार्यरूपमा टाइम कार्ड देखाएर अभिलेख गराउनु पर्ने छ । चेक प्वाइन्टमा जानकारी नगराई भागेमा वा तोकिएको समयभन्दा छिटो दूरी पार गरेमा सवारी ऐन अनुसार कार्वाही हुने उनलेे बताए ।
प्रहरीले चालकलाई सडक लेन अनुशासन पालना गराउन ठाउँठाउँमा प्रचार सामग्री राख्ने, लेन अनुशासन उल्लंघन गर्नेलाई प्रहरी कार्यालयमा प्रशिक्षण दिने लगायतका काम गर्ने भएको छ । चालकले सडक लेन अनुशासन पालना नगरेको र तीव्र गतिमा लापरबाहीपूर्वक टिपर चलाउने गरेका कारण दुर्घटना बढेको निष्कर्ष प्रहरीको छ । टाइमकार्ड लागू भएपछि दुर्घटना घट्ने प्रहरीको अनुमान छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारी सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक धर्मराज खत्री सहित नारायणी यातायातका व्यवसायी संघका सञ्चालक शंकर गिरी र छाहारी यातायात व्यवसायी संघका सञ्चालक बद्री पौडेल लगायतको उपस्थिति रहेका थिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्