मंसिर ४ गतेको चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा नेपाली सेनालाई परिचालन गर्न स्वीकृति दिएकी छिन् ।
‘एकीकृत सुरक्षा कार्य योजना २०७९’ मा भएको व्यवस्था अनुसार सुरक्षा निकायहरुबीच एकीकृत तथा समन्वयात्मक रुपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषदको भदौ १७ गतेको सिफारिस अनुसार राष्ट्रपतिले सेना परिचालन गर्न स्वीकृति दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
‘मन्त्रिपरिषदको मिति २०७९–०५–२२ को निर्णय तथा सम्माननीय प्रधानमन्त्रीको मिति मिति २०७९–०५–२७ को पत्रका आधारमा सम्व्त २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ,’ राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्