Techie IT
आईतबार, वैशाख ७,२०८२

लुम्बिनी प्रदेश प्रहरीमा “चेन अफ कमान्ड” को धज्जी उड्यो, प्रदेश प्रहरी प्रमुखलाई नै चुनौती दिन्छन्, एसपी बस्नेत

"एसपीको शंकास्पद भुमिका"


लुम्बिनी प्रदेश प्रहरी कार्यालयभित्र “चेन अफ कमान्ड” को धज्जी उडेको छ । यतिसम्म की प्रहरी उपरीक्षकले नै डिआइजीको आदेशलाइ चुनौती समेत दिने गरेका छन् ।

घुमुवामा बसेर बदनाम भएका प्रहरी सहायक निरीक्षक स्याम सिंह चौधरीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख (डिआइजी) नल प्रसाद उपाध्यायको ठाडो आदेशमा एक साता अघि मात्रै प्रदेश प्रहरी कार्यालयको सामान्य प्रशासन शाखाले दरबन्दीमा रवाना गराउन आदेश गरेको थियो ।

असई चौधरीलाई दरबन्दीमा पठाई सो को जानकारी गराउन समेत प्रदेशको पत्रमा उल्लेख गरिएको थियो । तयारी अवस्थामा फाइलमा राखिएको उक्त पत्रमा कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बस्नेतले प्रदेश प्रहरी प्रमुख नल प्रसाद उपाध्यायलाई नै चुनौती दिइ जिल्लामै घुमुवामा खटाउँदै आर्थिक लाभ लिदै आएका छन् ।

जबकी प्रहरी नियमावलीको २०७१ मा प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी नायब निरीक्षकसम्मका प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षकले आफ्नो क्षेत्रभित्र सरुवा गर्न पाइने भनिएको छ । तर, बदनाम भएर जिल्लाको घुमुवाबाट समेत हटाइ दरबन्दीमा रवाना गराउन डिआइजी उपाध्यायले दिएको निर्देशनको एक साता बितिसक्दा समेत कार्यान्वयन भएको छैनन् । उल्टो उनलेे डिआइजी उपाध्यायलाइ समेत चुनौती दिदै भनसुन गराइ जिल्लामै एकछत्र राज गर्दै आएका छन् । उनलेे अहिले आफ्नो रवाना रद्द गराउन विभिन्न ब्यक्तिलाइ फोन समेत घुमाउने गरेको स्रोत बताउँछ ।

स्रोतका अनुसार असई चौधरीले एसपी बस्नेतको आडभरोसामा रवाना बुझ्न नमानेका हुन् । बरु उनलेे फोन घुमाई कसरी हुन्छ रवाना रद्द गराउने तयारीमा जुटिरहेका छन् । प्रहरी उपरीक्षकले नै प्रदेशको प्रहरी प्रमुखलाइ नटेर्नु र चुनौती दिएर जिल्लामै पुनः थमौती हुन चलखेल गर्नुले पनि प्रहरी संगठनलाइ नै बदनाम बनाएको एक प्रहरी हवल्दारले आफ्नु नाम नबताउने सर्तमा बताए ।

उनलेे प्रदेश प्रहरी प्रमुखबाट भए गरेका अह्रन/खटन सबैले मान्नुपर्ने र ठेकिएको दरबन्दीमा रवाना गरिएको छ भने तुरुन्तै बुझ्नुपर्ने बताउदै रवाना रद्द गराउन सक्रिय हुनुले पनि अनियमिततामा संलग्न रहेको प्रष्ट हुने बताए । रवाना बुझ्नुको सट्टा भनसुन गराउनु, रवाना लिन नमान्नु र कार्यालय प्रमुखलाई समेत चुनौती दिनु जस्ता घट्नाले “चेन अफ कमान्ड” नटेरेको हुन्छ । यस्तो अवस्थामा प्रहरी कर्मचारी कार्वाहीको समेत भागीदार समेत बन्नुपर्ने हुन्छ । प्रहरीका असई र उपरीक्षकले नै डिआइजीलाइ चुनौती दिन्छ र ठेकिएको दरबन्दीमा रवाना लिदैन वा आलटाल गर्छन् भने त्यो “चेन अफ कमान्ड बिपरित” हो, स्रोतले भन्यो ।

उसो, त प्रहरी सहायक निरीक्षक चौधरी बदनाम रहेको प्रहरी रेकर्ड बताउँछ । कपिलवस्तुका तत्कालीन (एसपी) मनोज कुमार यादवको कार्यकालमा तस्करीका लाइन खुलाएको, गैरब्याबसायीक कार्यमा संलग्न भई अनुचित लाभ लिने गरेको तथा पदिय जिम्मेवारी इमान्दारीपुर्वक गर्न नसकेको लगायत विभिन्न आरोपका बाबजुद कारण खुलाइ प्रहरी मुख्यालयले एकै पटक कार्यालय प्रमुखसहित तीन जनाको विभिन्न जिल्लाहरुमा काज सरुवा गरेको थियो ।

यसरी काज सरुवा हुनेहरूमा तत्कालीन (एसपी) यादवसहित असइ स्याम सिंह चौधरी र हवल्दार पुरन केवट समेत थिए । उनीहरुमध्य एसपी यादवलाई राम्रोसँग कमान्ड सम्हाल्न नसकेको आरोप लगाइ कर्णाली प्रदेश प्रहरी कार्यालय अन्तर्गतको सुर्खेत जिल्ला सरुवा गर्‍यो भने, हवल्दार यादवलाई कालिकोट र असइ चौधरीलाई जाजरकोट काज गरी खटाएको थियो । तत्पश्चात, ६ महिनाको लागी काजमा त्यहाँ सरुवा गरिएका तीन मध्य असई चौधरी यस्ता पात्र हुन् जो पुनः कपिलवस्तु (अर्थात जुन ठाउँ बाट आए) त्यसतर्फ नै फिर्ता भए ।

सामान्यतः कुनै प्रहरी कर्मचारीलाई बिभागको नीतिनियम र निर्देशन बिपरित कार्य गरे वा त्यसभन्दा बाहिर गए निजको कसुर अनुसार सचेत गराउने, काजमा अन्यत्र खटाउदेखी बिभागीय कार्वाहीसम्म गर्न सकिने ब्यावस्था छ । अझै कुनै पनि कर्मचारीलाई काजमा पठाए काज अवधी ६ महिनाको हुन्छ । तर, लामो समयदेखि जिल्लामा एकछत्र राज गर्दै आएका प्रहरी सहायक निरीक्षक चौधरी न त दरबन्दी गए, न त काज अवधी नै बस्नु पर्‍यो ?

प्रहरी जवानबाट जागीरमा औपचारिकरूपमा प्रवेश गरेका प्रहरी सहायक निरीक्षक चौधरी बर्षौंदेखी हाकिमलाई रिझाएकै भरमा कपिलवस्तु बसेर नै आर्थिक लाभ लिइरहे । उसो, त लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले पदिय जिम्मेवारी इमान्दारपुर्वक निर्वाह नगरेको भन्दै धेरै ठाउँहरुबाट कर्मचारीहरुलाई लखट्ने काम समेत गर्दै आएको छ । स्रोतका अनुसार उनको दरबन्दी प्रहरी चौकी खैरेनी रुपन्देही भए पनि लामो समयसम्म रवाना लिइरहेका छैनन् ।

प्रहरी चौकी अर्घाखाँची दरबन्दी हुँदा त्यहाँ जम्मा एक महिना बसेका उनी बिवादपछि जाजरकोट त पुगे, त्यहाँ पनि एक साता नबित्दै पुनः काजमा कपिलवस्तु आए । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले एक सात अगाडि मात्रै तीन कारण खुलाइ यथाशीघ्र दरबन्दीमा रवाना गराउन कपिलवस्तु प्रहरीलाई परिपत्र गरेको थियो । तर, उनलाई दरबन्दीमा रवाना दिन कपिलवस्तुका प्रहरी प्रमुख प्रेम बस्नेत नै मानिरहेका छैनन् । प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुलाई स्पष्ट निर्देशन दिदै परिपत्र गरे तापनि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेम बस्नेतले उनलाई रवाना नै नगराई गुपचुप राखिरहेको पाइएको हो ।

उसो, निजको श्रीमती सोही कार्यालयको प्रहरी हवल्दार समेत हुन् । यसैको फाइदा चौधरीले उठाइरहेका छन् । र, उनलाई साथ र सहयोग गर्नेमा कपिलवस्तुका एक अनलाइन पत्रकार स्वयंले गरिरहेका छन् । उनको घर नै कपिलवस्तु रहेकोेले पनि तस्करीका बारेमा भरपुर थाहा पाएका छन् । त्यसैले पनि तस्करहरुले निजका बारेमा फाइदा उठाइरहेका छन् ।

यसअघि उनले सोही पत्रकारलाई प्रयोग गरेर घुमुवामा राख्न तत्कालीन कपिलवस्तुका प्रहरी प्रमुख नवराज अधिकारीलाई दबाब दिएका थिए । उनको बारेमा राम्रोसँग बुझेका अधिकारीले पत्रकारको समेत कुरा सुनेका थिएनन् । त्यसपछि कपिलवस्तुको प्रहरी प्रमुखमा दानबहादुर कार्की सरुवा भएर आएलगत्तै ती पत्रकारले तत्कालीन नायब उपरीक्षक जेसी साहमार्फत उनलाई घुमुवामा खटाइएको स्रोतले बताएको छ ।

उनको संरक्षणमा अहिले यस क्षेत्रको विभिन्न ठाउँहरुबाट तीब्र रूपमा तस्करीका सामान भित्रीरहेको छ । जागीरको लामो समय उनलेे यसै क्षेत्रका तस्करहरुसंँग उठबस गरेर नै बिताए । असई चौधरीको संरक्षण पाएपछि उनीहरुले यहाँको कृष्णनगर नाका, खुनुवा बोर्डर लगायत विभिन्न ठाउँहरुबाट खुलेआम लाइन भित्र्याउन पाइरहेका छन् । एक बर्ष अगाडि उनै चौधरीको पछि अख्तियार समेत लागेको थियो । अत्यन्तै बिवादित छवि भएका चौधरीलाई दरबन्दीमा फिर्ता गराउनु त परको कुरा उल्टो काजमा घर पायक क्षेत्रमा खटाएको थियो ।

हेड्क्वाटरको निर्देशन रद्दीको टोकरीमा

नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंहले पदबहाली गरेपछि कहीकतै पनि घुमुवा नराख्ने र काजमा नखटाउने भन्दै देशभरका मुजकर कार्यालयमा परिपत्र गरे । तर हेडक्वार्टरको सो परिपत्र रद्धीको टोकरीमा मिल्काउँदै जिल्ला प्रमुखहरुले काजमा तानेरै भएपनि घुमुवा खटाउने र तस्करीलाई मलजल गर्ने कार्य जारी राखेका छन् । यसको गतिलो उदाहरण कपिलवस्तु र पश्चिम नवलपरासीका केही तथ्य हेरे पुग्छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तमा बिगत १५ बर्षदेखि एकछत्र घुमुवाको रुपमा प्रहरी सहायक निरीक्षक (असई) श्यामसिंह चौधरीको रजगज छ । कपिलवस्तुकै स्थानीयसमेत रहेका असई चौधरीको दरबन्दी रुपन्देहीको खैरेनी इप्रकामा रहेको छ भने जवान नरेश कुर्मीको दरबन्दी पश्चिम नवलपरासी छ । उनको कमाण्डमा प्रहरी हवल्दार दीपेन्द्र यादव र प्रहरी जवान कुर्मीसहितको ५ जनाको टोली घुमुवाको रुपमा परिचालित छन् ।

जिल्लामा जो नयाँ प्रहरी प्रमुख भएर आएपनि उनकै खोजी हुने गरेको छ । किनकी तस्करबाट कुस्त रकम उठाउन र हाकिमलाई बुझाउने सार्मथ्य उनीबाहेक अरुसँग बिरलै रहने गरेको एक प्रहरी अधिकृतले नाम उल्लेख नगर्ने शर्तमा बताए । जिल्लादेखि हेडक्वार्टरसम्म मिलाएर उनी निर्धक्क बसिरहेका छन् । मिडियामा समाचार आएपछि २/४ महिना बाहिर जाने उनी पुन कपिलवस्तु नै फर्कने गरेका छन् । जबकी हेडक्वार्टरको नियममा गृहजिल्ला बस्न नपाइने भनिएको छ ।

यस्तै कपिलवस्तुको मुख्य तस्करी हुने नाका कृष्णनगर ईलाका प्रहरी कार्यालयमा बिगत १० बर्षदेखि असई मुकेश यादव छन् । उनको दरबन्दी पनि नवलपरासी रहेको छ । सधैं हाकिमको नजिक रहेर सिभिलमा काम गर्ने यादवको उठतीपुठती निकै रहेका बताइन्छ । प्रहरी सहायक निरीक्षक (असई) सन्तोष रायमाझी पनि घुमुवामै छन् ।

बिगत लामो समयदेखि प्रदेश प्रहरी कार्यालयको घुमुवाको रुपमा परिचित रायमाझीले रुपन्देही, पश्चिम नवलपरासी र कपिलवस्तु हेर्ने गरी डीआईजीको खास मान्छे भन्दै उनी खटिएका छन् । संघीय प्रदेश प्रहरी कार्यालय लुम्बिनी दरबन्दी भएपनि हालै उनले परासी काज गराएर डीआईजीको घुमुवाको रुपमा खटिएका छन् । ६/७ महिना अघि विवादमा परी हेडक्वार्टर तानिएका उनी पुन : लुम्बिनी प्रदेश फर्किएर तस्करको लाइन मिलाउनै व्यस्त रहने गरेको बताइन्छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:32 am6:32 pm +0545