Techie IT
आईतबार, वैशाख ७,२०८२

 ३० दिनभित्र परिचय पार्टीबापतको शुल्क बुझाउन महानगरको आग्रह


काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र राखिएका परिचय पार्टीबापतको शुल्क बुझाउन सम्बन्धित संस्थालाई आग्रह गरेको छ । महानगरले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरक्षेत्रभित्र व्यापार व्यवसाय गर्ने संस्थाहरुले परिचय पार्टी बापतको शुल्क ३० दिनभित्रमा बुझाउन अल्टिमेटम दिएको हो ।

केही व्यक्ति संस्थाहरूले आफ्नो कार्यस्थलमा बाहिर राखि आएको परिचय पाटी (व्यक्ति व्यवसाय वा सघंसंस्थाको परिचय खुल्ने नाम भएको) राखे बापत महानगरपालिकालाई बुझाउन पर्ने शुल्क नबुझाएपछि सूचना जारी गरेको महानगरले जनाएको छ ।
महानगरपालिकाको आर्थिक ऐन, २०५९ को अनुसूची २ बमोजिमको निम्नानुसारको शुल्क बुझाउन आग्रह गर्दै उक्त अवधिभित्र परिचय पार्टीकोे शुल्क नबुझाएमा वा तोकिएको साइजभन्दा ठूलो परिचय पाटी राखेको पाइएमा महानगरपालिकाले तत्काल हटाउने चेतावनी समेत दिएको छ ।

काठमाडौं महानगरपालिकाले यस अघि अनुमति नलिई होर्डिङ एवं डिजिटल बोर्ड राख्न प्रतिबन्ध लगाएको थियो । महानगरले असोज ५ गते सार्वजनिक सूचना जारी गर्दै महानगरभित्र अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त भएका होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड तत्काल हटाउन आग्रह गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #३० दिनभित्र परिचय पार्टीबापतको शुल्क बुझाउन महानगरको आग्रह, #hot, #काठमाडौँं महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545