Techie IT
शुक्रबार, वैशाख ५,२०८२

चार राजनीतिक दलद्वारा आसन्न निर्वाचन बहिष्कार गर्ने घोषणा


काठमाडौं । विभिन्न चार वटा राजनीतिक दलले आसन्न्न निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका छन् ।

काठमाडौंमा आज बिहीबार पत्रकार सम्मेलन गरेर उनीहरुले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन बहिष्कार गर्ने घोषणा गरेका हुन् ।

निर्वाचन वहिष्कार गर्ने राजनीति दलहरुमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), नेकपा (मसाल) र माओवादी कम्युनिस्ट पार्टी नेपाल छन् ।

निर्वाचनमा भाग लिनु जनतालाई दुःख र कष्ट दिएको अहिले संसदीय व्यवस्थालाई बढावा दिनुसरह हुने भन्दै उनीहरूले संसदीय निर्वाचन बहिष्कार गरेका हुन् ।


क्याटेगोरी : समाचार
ट्याग : #चार वटा राजनीतिक दलद्वारा आसन्न निर्वाचन बहिष्कार गर्ने घोषणा, #निर्वाचन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:34 am6:31 pm +0545