Techie IT
आईतबार, वैशाख ७,२०८२

४ बर्षीया बालकको अपहरणमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ


चितवन । ४ बर्षीया बालकलाई अपहरण गरेको आरोपमा चितवन प्रहरीले एक भारतीय नागरिकलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत देश रहसी गाउँ बस्ने अन्दाजी ३८ बर्षीया अनिता पाल रहेकी छिन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ परेकी पालले हिजो (मंगलबार) दिउँसो साँढे १२ बजेको समयमा भरतपुर महानगरपालिका वडा नंम्बर १७ गञ्जनगरस्थितमा बालकलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकी पालविरुद्ध सम्मानित चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक सम्बन्धी कसूरमा ४ दिनको म्याद अनुमती लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीको सक्रियता बढे संगै चितवन प्रहरीले सफलता समेत हात पार्दै गएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545