Techie IT
मंगलबार, वैशाख ९,२०८२

अछामको पहिरो पीडितलाई गाउँपालिकाको पाँच लाख २५ हजार सहयोग


अछाम । गत भदौ ३१ गते राती पहिरोमा परी ज्यान गुमाएकाका आफन्तलाई अछामको तुर्माखाँद गाउँपालिकाले राहत रकम प्रदान गरेको छ ।

पहिरो पीडितलाई गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले पहिरोग्रस्त क्षेत्र वडा नम्बर ५ को काडाचौर पुगेर राहत रकम उपलब्ध गराउनुभएको हो ।

गाउँपालिकाले पहिरोमा परेर ज्यान गुमाएका ९ जनाका परिवारलाई प्रतिपरिवार ५० हजारका दरले रकम उपलब्ध गराएको छ । साथै किरिया खर्च स्वरूप २५ हजारका दरले गरी पाँच लाख २५ हजार रुपैयाँ स्थानीय सरकारका तर्फबाट सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष बिसीले बताउनुभयो ।

पहिरोमा परी तुर्माखाँद ५ का दुईवटा घर पूर्ण रूपले क्षतिग्रस्त भएका छन् । अन्य १० वटा घरहरू पहिरोको उच्च जोखिममा रहेकाले बस्ती नै सार्नुपर्ने अवस्था छ ।

अध्यक्ष बिसीले सहयोगका लागि प्रदेश सरकार, संघ सरकार सहित पक्षसँग आग्रह गर्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अछामको पहिरो पीडितलाई गाउँपालिकाको पाँच लाख २५ हजार सहयोग, #तुर्माखाद गाँउपालिका, #पहिरो पीडित


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Fair
5:30 am6:33 pm +0545