Techie IT
आईतबार, वैशाख ७,२०८२

बागमती प्रदेशमा डेंगी सङ्क्रमणबाट ११ जनाको मृत्यु


काठमाडौं ।  बागमती प्रदेशमा डेंगी सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुरसहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो।

स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठलेडेंगीबाट काठमाडौँमा चार, ललितपुरमा दुई , सिन्धुपाल्चोकमा दुई, मकवानपुरका एक , सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए।

यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेंगीका बिरामी फेला परेको छ। ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेंगीका बिरामी फेला परेका छन्।

यसैगरी, काठमाडौँमा चार हजार छ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०, भक्तपुरमा सात सय १३, चितवनमा  चार सय २९ र धादिङमा तीन सय ९९ जना डेँङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । रासस


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #बागमती प्रदेशमा डेंगी सङ्क्रमणबाट ११ जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545