Techie IT
बिहीबार, माघ ३,२०८१

गोरखा सदरमुकाममा तेस्रो गोरखकाली मेला सुरु


गोरखा । हरमटारी क्लवको आयोजनामा गोरखा सदरमुकाममा तेस्रो गोरखकाली मेला सुरु भएको छ । मेलाको गोरखा क्षेत्र नम्बर १ का निवर्तमान सांसद हरिराज अधिकारीले उद्घाटन गरेका हुन् ।हरमटारी क्लवका अध्यक्ष जीवन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादीका नेताहरु हरिराज अधिकारी, गण्डकी प्रदेशका निवर्तमान सांसद लेखबहादुर थापा, जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगर, गोरखा नगरपालिकाका मेयर कृष्णराना मगर, नेपाली काँग्रेसका सचिव किशोरजंग थापा, जनता समाजवादी पार्टी गोरखाका अध्यक्ष कुलमान गुरुङ, उद्योग वाणिज्य संघ गोरखाका अध्यक्ष कृष्णकुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

मेलामा उत्तरी गोरखामा फलेको स्याउ प्रदर्शनी एवं बिक्रीका लागि राखिएको छ । मेलाभित्र ब्यापारिक प्रयोजनका बिभिन्न स्टलहरु छन् । हरमटारी खेलमैदानमा भएको मेलामा केही दिनयता निरन्तर वर्षात भएकाले हिलो भएको ठाउँमा भुस हालिएको थियो । मैदानमा पानी जमेका कारण पहिलो दिन सबै स्टल सञ्चालन हुन सकेका छैनन् ।

मेला उद्घाटनको दिन मंगलवार झाँकी ¥याली सहित बजार परिक्रमा गरिएको थियो ।
मेलामा अधिकांश फेन्सी र खानाका स्टलहरु छन् । बाल उद्यानका सामग्री पनि राखिएको छ । अधिकांश स्टलमा दशैँ लक्षित सामग्री छन् । बुधवार दोस्रो दिनबाट सबै स्टल भरिभराउ हुने मेला संयोजक आशिष श्रेष्ठले बताए ।

मेला असोज १४ गतेसम्म चल्नेछ । ‘गोरखाको संस्कार सँस्कृतिको संरक्षण र प्रवद्र्धन आर्थिक, पर्यटन र ऐतिहासिक गोरखाको अभियान’ भन्ने नाराका साथ मेला संचालन गरिएको हरमटारी क्लवका अध्यक्ष जीवन गुरुङले बताए ।
नेपालको इतिहासलाई संरक्षण गर्दै पुर्खाको वीरता र वीर गाथाको प्रष्फुटन गर्न र जिल्लालाई पर्यटकीय हवका रुपमा विकास गर्नमा सहयोग पु¥याउन मेला आयोजना भएको संयोजक आशिष श्रेष्ठले बताए ।

मेलामा स्थानीय तथा राष्ट्रिय स्तरका स्रष्टा तथा कलाकारहरुको प्रस्तुति हरेक दिन रहनेछ । मेला स्थल खेलमैदानमा एक सय ४५ वटा स्टलहरु निर्माण गरिएको आयोजकले जनाएको छ । मेलाको करिब ३५ हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।
तेस्रो गोरखकाली मेला आयोजनाका लागि ५२ लाख आम्दानी हुने र ४७ लाख खर्च हुने अनुमान गरिएको छ । मेलाबाट पाँच लाख रुपैयाँ बचत हुने अनुमान गरिएको र सो रकम गोरखकाली रनिङ कप आयोजना गर्ने बाँकी बचत भएको रकम सामाजिक क्षेत्रमा खर्च गरिने मेलाका संयोजक श्रेष्ठले जानकारी दिए ।

दरौँदी दैनिक 


क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #गोरखा सदरमुकाममा तेस्रो गोरखकाली मेला सुरु, #तेस्रो गोरखकाली मेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
18°
Mostly Cloudy
6:54 am5:32 pm +0545