गोरखाका बहालवाला दुई अध्यक्ष सहित ६१ जनालाई तोकियो जरिबाना
गोरखा । आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङ, सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङ र चारजना उपाध्यक्षले तीनलाख ५० हजारका दरले जरिबाना तिर्नुपर्ने भएको छ । निर्धारित समयमा निर्वाचन खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले उनीहरुलाई जरिबाना तिराउने निर्णय गरेको हो ।
आयोगद्वारा जारी सूचनामा सिरानचोक गाउँपालिकाकी उपाध्यक्ष रीता देवकोटा, आरुघाट गाउँपालिकाकी उपाध्यक्ष कल्पना नेपाली, गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारी र भीमसेनथापा गाउँपालिकाकी उपाध्यक्ष अमृता वस्तीलाई जरिबाना तिर्नुपर्ने ठहर गरेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
उनीहरुसहित गोरखा र पालुङ्टार नगरपालिकाका १० जना प्रमुखका उम्मेद्वार र उपप्रमुखका उम्मेद्वार तीन जनालाई पनि जरिबाना तोकिएको छ । नौ गाउँपालिकाका प्रमुखका उम्मेद्वार २३ जना र उपप्रमुखका उम्मेद्वार २५ जनालाई पनि जरिबाना तोकिएको आयोगले जनाएको छ ।
खर्च विवरण नबुझाएबापत नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेद्वारले जनही ४ लाख ५० हजार रुपैयाँका दरले र गाऊँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वारले जनही ३ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्ने व्यवस्था छ ।
निर्वाचन आयोगले गोरखा नगरपालिकाका प्रमुख पदका उम्मेद्वारहरु राष्ट्रिय प्रजातन्त्र पार्टीका रुद्रराज पाण्डे, एकीकृत समाजवादीका सानु माया बस्नेत, स्वतन्त्रका योगेन्द्र कुमाललाई कारवाही तोकेको छ । त्यस्तै, गोनपाकै उपप्रमुखका उम्मेद्वारहरु राप्रपाकी सम्झना लामिछाने र नेकपा एसका यादव बस्नेत पनि जरिबानामा परेका छन् ।
पालुङटार नगरपालिकामा प्रमुख पदका सातजना उम्मेद्वार र एकजना उप्रमुखका उम्मेद्वार जरिबानामा परेका छन् । प्रमुखका उम्मेदवारहरु जसपाका प्रेम गुरुङ, नेकपा एमालेका हरि भट्ट, राप्रपाका गोपाल थापा, स्वतन्त्रका बलराम तामाङ र रामचन्द्र काफ्ले, नेकपा एसका शिवराज पौडेल, आमूल परिवर्तन मसिहा पार्टीका वेदबहादुर लामा कारवाहीमा परेका छन् । उपप्रमुखका स्वतन्त्रका उम्मेद्वार राजन देवकोटा पनि कारवाहीमा परेका छन् ।
यस्तै, अजिरकोट गाउँपालिकाका कांग्रेसकातर्फबाट अध्यक्ष पदका उम्मेद्वार गोविन्द गुरुङ, नेकपा एमालेकी गीता कुमारी पोखरेल(योगी) र राप्रपाका फणिन्द्रनाथ अधिकारी पनि जरिबाना तिर्नुपर्नेमा परेका छन् । कांग्रेसकै उपाध्यक्ष पदकी उम्मेदवार इन्द्र गुरुङ र नेकपा एमालेका शेखरनाथ न्यौपाने पनि जरिबाना तिर्नुपर्नेमा परेको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, गण्डकी गाउँपालिकाका यसअघिका अध्यक्षसमेत रहेका कांग्रेसबाट अध्यक्ष पदका उम्मेद्वार होमबहादुर राना, राप्रपाकी अम्बिका रुपाखेती र स्वतन्त्रका विशेष पन्त जरिबाना तिर्नुपर्नेमा परेका छन् । उपाध्यक्ष पदका उम्मेद्वारहरु जसपाका भीमनारायण श्रेष्ठ र राप्रपाका बाबुराम रेग्मी कारवाहीमा परेका हुन् ।
चुमनुब्री गाउँपालिका यसअघिका अध्यक्षसमेत रहेका कांग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार धनबहादुर गुरुङ र उपाध्यक्षकी कांग्रेसकै उम्मेदवार मेतोक छोकी लामा पनि जरिबाना तिर्नुपर्नेमा परेका छन् ।
आरुघाटकी जसपाकी उपाध्यक्ष उम्मेद्वार कृष्णमाया बराम र धार्चेकी नेकपा एमालेबाट उपाध्यक्षका उम्मेदवार आशा गुरुङ पनि जरिबाना तिर्नुपर्नेमा परेका छन् ।
भीमसेन थापा गाउँपालिकामा अध्यक्ष पदका उम्मेद्वार नेपाली काँग्रेसका रोशन गुरुङ, नेकपा एमालेकी गोमादेवी अंगाई, जनता समाजवादी पार्टीका मिलन न्यौपाने(देवकोटा), राप्रपाका अम्मरबहादुर श्रेष्ठ र स्वतन्त्रका रामजी पाण्डेविरुद्ध आयोगले जरिबाना तोकेको छ । सोहि पालिकाको उपाध्यक्षकी उम्मेद्वार माओवादीकी जुनु माया श्रेष्ठ, नेकपा एमालेका सुवास अधिकारी र राप्रपाका पान माया सिंखडा जरिबाना तिर्नुपर्नेमा परेका छन् ।
सहिद लखन गाउँपालिकाको अध्यक्षका उम्मेद्वार काँग्रेसका नारायण लामिछाने, जसपाकी कल्पना थापा, राप्रपाका पूर्णजङ भण्डारी जरिबाना तिर्नुपर्नेमा परेका छन् । यस्तै, उपाध्यक्ष पदकी उम्मेद्वार काँग्रेसका शर्मिला श्रेष्ठ र जसपाका मनोज श्रेष्ठ कारवाहीमा परेका छन् ।
सिरानचोक गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वारहरु जसपाका चित्रबहादुर गुरुङ, राप्रपाका जयप्रकाश बगाले र मंगोल नेशनल अर्गनाइजेसनका यमबहादुर गुरुङ पनि जरिबानामा परेका छन् ।
पालिकाको उपाध्यक्ष पदका उम्मेदवारहरु माओवादीकी पूर्णकुमारी ढकाल, जसपाका सोवा सुनार, मंगोल नेशनल अर्गनाइजेशनकी पन्चमाया गुरुङ, राप्रपाकी सिता पोखरेल, राष्ट्रिय नागरिक पार्टीका दीपमाया विक कारवाहीमा परेको निर्वाचन आयोगले जनाएको छ ।
बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्षका उम्मेद्वार कांग्रेसका काँग्रेसका जीतबहादुर घले, नेकपा एमालेका हरीबहादुर बस्नेत कारवाहीमा परेका छन् । पालिका उपाध्यक्षमा काँग्रेसकी लेखमाया राना, एमालेकी कृष्ण गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका प्रसाद गुरुङ र जसपाकी पम्फा थापा मगर जरिबाना तिर्नुपर्नेमा परेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #गोरखाका बहालवाला दुई अध्यक्ष सहित ६१ जनालाई तोकियो जरिबाना
धेरै पढिएका
- १टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- २तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ३तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ४काठमाडौंमा भूकम्पको धक्का, धेरैबेर हल्लायो
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
- ७महानगरमा भाँडभैलो मच्चाएर बालेन बिदामा- प्रशासकीयलाई प्रवेश निषेध, निमित्तले जागिर नै छाडे
- ८बुढीगङ्गा पालिका अस्पतालको ओपिडी राति ८ बजेसम्म खुला
तपाईको कमेन्ट लेख्नुहोस्