Techie IT
आईतबार, वैशाख ७,२०८२

महाअभियोग छानबिन प्रतिवेदन ‘कथित प्रतिवेदन: उपाध्यक्ष नेम्वाङ


काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले महाभियोग छानविनको प्रतिवेदनलाई ’कथित प्रतिवेदन’ को संज्ञा दिएका छन् । सोमबार सिंहदरबारमा हिमालयन न्युज एजेन्सीसंग कुरा गर्दै नेम्वाङले कसैसंग छलफल नगरि एकलौटी ढंगले तयार गरिएको समितिको प्रतिवेदन ’कथित प्रतिवेदन’ भएको टिप्पणी गरेका हुन् ।

निलम्वित प्रधानन्यायधिश चोलेन्द्र शम्शेर जबरामाथिको महाभियोगका क्रममा समितिका सवै सदस्यबीच प्रमाणको छलफल, बयानको छलफल हुनुपर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए । नेम्वाङले प्रतिनिधिसभाको कार्यकाल समाप्त भएका कारण प्रतिवेदन संदनमा पेश हुन नसक्ने अवस्थामा पुगेको उल्लेख गरे ।

पासै नभएको प्रतिवेदनलाई आधार बनाएर जबरालाई निवासबाट निस्कन नदिनु लज्जास्पद भएको उनको भनाई छ । उनले गिरफ्तार गरेसरह सरकारले जबरालाई निबासमा राख्नु कानूनी मूल्यमान्यता बिपरित रहेको पनि बताए । त्यस्तै, नेम्वाङले एउटा प्रतिनिधिसभाको कार्यकालमा तयार भएको प्रतिवेदन संसदको अर्को कार्यकालले निरन्तरता दिन नसक्ने स्पष्ट पारे ।

 


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा एमाले, #सुवास नेम्वाङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545