Techie IT
शनिबार, वैशाख ६,२०८२

धर्मनिरपेक्षता र प्रदेशतहको खारेजी आवश्यक: कमल थापा


हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले धर्मनिरपेक्षता र प्रदेशतहको खारेजी आवश्यक रहेको बताएका छन् ।

आज आठौँ संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै थापाले धर्मनिरपेक्षता र प्रदेशतहको खारेजी आवश्यक रहेको बताएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै थापाले सरकार र दलहरुको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तन दिन नसकेको समेत टिप्पणी गरेका छन् । अध्यक्ष थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको बताएका छन् ।

अध्यक्ष थापाले भनेका छन्ः

सरकार र दलहरुको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तनको दिन सकेन। लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको छ । संविधान पतन हुनबाट जोगाउन दलहरुको व्यवहारमा सुधार अनिवार्य छ। धर्मनिरपेक्षता र प्रदेशतहको खारेजी आवश्यक छ। संविधान दिवसको शुभकामना


क्याटेगोरी : समाचार
ट्याग : #कमल थापा, #धर्मनिरपेक्षता र प्रदेशतहको खारेजी आवश्यक


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545