Techie IT
आईतबार, वैशाख ७,२०८२

नेपाली सेनाद्वारा दशैंलक्षित गरी निःशुल्क हवाई तथा स्थल यातायात सेवा सञ्चालन


 

काठमाडौं । नेपाली सेनाले आगामी दशैंलाई लक्षित गरी निःशुल्क हवाई तथा स्थल यातायात सेवा सञ्चालन गरेको छ ।

नेपाली सेनाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा–सुविधाअन्तर्गत भदौ २९ गतेदेखि नै यो सेवा सञ्चालनमा छ । यो सुविधा आगामी १८ गते अर्थात् महानवमीको दिनसम्म जारी रहने नेपाली सेनाले जानकारी दिएको छ ।

नेपाली सेनाद्वारा सञ्चालित सेवा सेनाका सकलदर्जा तथा आश्रित परिवारहरूले आ–आफ्नो गन्तव्य स्थलसम्म पुग्न प्रयोग गर्न पाउने छन् ।

सडक सञ्जारलको सहज पहुँच पुगेका स्थानहरुमा स्थलमार्गबाट र सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी तथा हिमाली क्षेत्रहरुमा हवाई उडान सञ्चालन गर्ने योजना नेपाली सेनाको छ ।

हालसम्म हवाई उडानमार्फत १३४ जना एवम् आश्रित परिवारहरु लाभान्वित भइसकेको तथा स्थलमार्गबाट प्रदान गरिने सेवा आगामी मंगलबारदेखि शुरू गरिने पनि सेनाले जनाएको छ ।

गत वर्ष यस सुविधाअन्तर्गत हवाई उडानमार्फत ११२ जना र स्थलमार्गबाट १ हजार ३४० जना गरी जम्मा १ हजार ४५२ जनाले यो सुविधा प्रयोग गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #निःशुल्क हवाई तथा स्थल यातायात सेवा सञ्चालन, #नेपाली सेना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545