Techie IT
शनिबार, वैशाख ६,२०८२

 नेकपा (माओवादी केन्द्र)ले सोमबार मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को आजको बैठकमा समानुपातिक तर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने आज बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ ।

सङ्घीय तथा प्रदेशसभाका लागि प्रदेश र जिल्लाबाट सिफारिस भएका नाममाथि छलफल गरी निष्कर्ष निकाल्नका लागि केही छलफल गर्नुपर्ने भएकाले थप समय लागेको बताइएको छ ।

निर्वाचन आयोगले आज र भोलिसम्म समानुपातिकतर्फको सूची बुझाउने कार्यतालिका तय गरेको छ ।

माओवादी केन्द्रका नेता गणेश साहका अनुसार सोमबार बिहान बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्नेछ ।

जिल्ला र प्रदेशबाट आएका नाममाथि मसिनो गरी  छलफल गरेर आवश्यक निर्णय गरिने माओवादीले जनाएको छ । रासस


क्याटेगोरी : समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545