Techie IT
आईतबार, वैशाख ७,२०८२

सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्न नेपाल प्रहरीको तयारी


काठमाडौं । नाबालिग बलात्कारको आरोप लागेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरपोल० को सहयोग लिने तयारी गरेको छ ।

बलात्कारको आरोप लागेसँगै सम्पर्कविहीन भएका लामिछानेलाई खोजेर नियन्त्रणमा लिन प्रहरीले इन्टरपोलको सहयोग लिने तयारी गरेको प्रहरी स्रोतको दाबी छ ।

केन्याबाट क्यारेबियन प्रिमियर लिग ९सीपीएल० खेल्न वेष्ट इन्डिज पुगेका लामिछानेविरुद्ध २३ भदौमा प्रहरी वृत्त गौशाला काठमाडौंमा जाहेरी परेको थियो ।

आरोप लागेसंगै सीपीएल खेलबाट बाहिरीएका लामिछानेले सामाजिक संजाल फेसबुक मार्फत आफु निर्दोष रहेको र स्वदेश फर्किएर प्रहरीको अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । तर आरोप लागेको १० दिन पुग्दासम्म पनि सम्पर्कविहीन भएपछि लामिछानेलाई नियन्त्रण लिन प्रहरीले इन्टरपोलको सहयोग लिन तयारी गरेको हो ।

लामिछाने हाल कुन देशमा छन् भन्ने बारे न प्रहरी जानकार छ न नेपाल क्रिकेट संघ क्यान नै ।

लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनले कालोसूचीमा राखेको छ । बलात्कार आरोपमा जाहेरी परेसंगै राष्ट्रिय टिमबाट निलम्बनमा परेका लामिछानेलाई अध्यागमनले कालोसूचीमा राखेको हो । लामिछाने विमानस्थलबाटै पक्राउ गर्नका लागि कालोसूचीमा राखिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सन्दीप लामिछाने, #सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत पक्राउ गर्न नेपाल प्रहरीको तयारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545