Techie IT
शनिबार, वैशाख ६,२०८२

२४ घण्टामा थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर गरिएको ३ हजार ७४० जनाको नमूना परीक्षणबाट ६३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५७४ जनाको आरटी–पीसीआर गर्दा ३५ जना र २ हजार १६६ जनाको एन्टिजेन परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९९ हजार २१६ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १६ जना छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३१ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८५ हजार २३४ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ६ प्रतिशत हो ।

अघिल्लो दिन देशभर ३ हजार ८२७ जनाको नमूना परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप १ जनाको मृत्यु भएको थियो । उक्त दिन १२६ जना संक्रमित संक्रमणमुक्त भएका थिए ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९६६ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५९ लाख १९ हजार २२४ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले १ हजार ९६६ जना आइसोलेसनमा छन् ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #२४ घण्टामा थप ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, #कोरोना भाइरस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545