विज्ञान र प्रविधिलाई सहि तरिकाले आत्मसात् गर्न सकेमात्रै देशको विकास हुन्छ: ‘प्रचण्ड’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विज्ञान र प्रविधिलाई सहि तरिकाले आत्मसात् गर्न सकेमात्रै देशको विकास हुने बताएका छन् । उनले विज्ञान–प्रविधिको सहि सदुपयोग गर्ने राष्ट्र विकासित रहेको बताउँदै प्रविधिलाई आत्मसात् गर्न नसक्ने मुलुक अल्पविकशीत रहेको उल्लेख गरे ।
राष्ट्रिय विज्ञान दिवसको अवसरमा पार्टीको विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित मोबाइल एप शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले हेराइ र सोचाईमै नयाँपन ल्याउन वैज्ञानिक दृष्टिकोण विकासको बहस गर्न जरुरी रहेको औल्याए ।
अहिले विज्ञान प्रविधिलाई जसले राम्रोसँग आत्मसात् गर्न सक्यो ती राष्ट्रहरु विकसित छन् । जस्ले त्यसो गर्न सकेन ती अल्पविकसित छन् । हाम्रो समाजको नेगेटिभ भन्छन् नि, हाम्रो हेराइ र सोचाईमै नयाँपन वैज्ञानिक दृष्टिकोण विकासको बहस गर्न जरुरी छ ।
उनले निर्वाचनलाई लक्षित गर्दै प्रविधिको सही सदुपयोग गर्न सक्नेले ठिक ढंगले जनतालाई चेतना दिने बताउँदै जनतालाई सहि निर्णय लिन मद्धत गर्ने जिकिर गरे।
निर्वाचनमा पनि परम्परागत प्रचार शैली र जनतालाई प्रशिक्षित गर्ने शैलीले परिणाम निकाल्दैन् । विज्ञान प्रविधिको सही सदुपयोग र प्रयोग जस्ले गर्न सक्यों, त्यसले ठिक ढंगले जनतालाई चेतना दिन सक्छ । र, उनीहरुलाई सहि निर्णय लिन मद्धत गर्न सक्छ । यसको प्रयोग कम भयो भने जनचेतना त्यो अनुसारको बन्दैन् ।
अध्यक्ष प्रचण्डले जनताको धार्मिक आस्था र भावनालाई अपमान नगरि उत्पादनको विकास,समग्र सम्बृद्धि र समाजवादको निम्ति यसको महत्व र भुमीका बुझाउनुपर्ने धारणा राखे । उनले विज्ञान र प्रविधिको विकास बिना उत्पादनमा वृद्धि सम्भव नहुने प्रष्ट पारे ।
क्याटेगोरी : समाचार
ट्याग : #नेकपा ( माओवादी केन्द्र, #पुष्पकमल दाहाल, #प्रचण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्