Techie IT
आईतबार, वैशाख ७,२०८२

एमालेका सांसदहरूलाई गाउँ जान अध्यक्ष ओलीको निर्देशन


काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका सांसदहरूलाई अब गाउँ घर जान निर्देशन दिनुभएको छ ।

नेकपा एमाले संसदीय दलको आज बसेको बैठकमा अध्यक्ष ओलीले अब संसद्को बैठक नबस्ने हुनाले गाउँ जान र मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित हुन सांसदहरूलाई निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले संसद्को पाँच वर्षे कार्यकालको समीक्षा गर्दै पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिनुभएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमालेका सांसदहरूलाई गाउँ जान अध्यक्ष ओलीको निर्देशन, #केपी शर्मा ओली, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545