Techie IT
आईतबार, वैशाख ७,२०८२

निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्न पाउने


काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्न पाउने भएका छन् ।

आयोगको आज बसेको बैठकले निर्वाचन घोषण भएको मिति गत साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मङ्सिर ३ गते सम्ममा १८ वर्ष उमेर पुरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष तथा १८५ अन्य गरी १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाताहरूको अन्तिम मतदाता नामावली स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

सबैभन्दा बढी मतदाता भएका प्रदेशमा वाग्मती, प्रदेश नम्बर १ र मधेश प्रदेश रहेका छन् भने कम मतदाता भएकामा कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेश रहेको आयोगले जनाएको छ ।

सबैभन्दा बढी मतदाता भएका तीन जिल्लामा मोरङ, झापा र काठमाडौँ रहेका छन् भने कम मतदाता भएका तीन जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् ।

यसैगरी मतदाता सङ्ख्या समेतका आधारमा १० हजार ८ सय ९१ मतदानस्थल अन्तर्गत २२ हजार २२६ मतदान केन्द्र स्वीकृत गरेको छ ।

आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीको विवरण तथा मतदानस्थल र केन्द्रको विवरण आयोगको वेबसाइटमा हेर्न सकिने प्रवक्ता पौडेलले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन, #मतदाता नामावली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545