Techie IT
शनिबार, वैशाख ६,२०८२

गल्ली मिचेर बनाइएका घर र टहरामा चल्यो महानगरको डोजर


काठमाडौ । काठमाडौं महानगरपालिकाले ६ मिटर बाटो रहेको थापागाउँ क्षेत्रको गल्ली मिचेर बनाइएका घर र टहरामा डोजर चलाएको छ ।
थापागाउँ क्षेत्रमा सडक मिचेर बनाइएका तीन वटा पक्की घर र दुई वटा टहरामा डोजर लगाएर हटाएको महानगरले जनाएको छ ।
आज महानगरपालिकाले सडक सीमा मिचेर बनेका संरचना र पसल हटाउन डोजर चलाएको हो । डोजर चलिसकेपछि स्थानियहरुले सामानहरु पन्छाउने र सफा गर्ने कार्यहरु गरिरहेका छन् ।
पछिल्लो समय काठमाडौं महानगरभित्र बनाइएका अनाधिकृत संरचना हटाउने अभियानलाई महानगरले तिब्रता दिएको छ । यही भदौ ६ गतेदेखि सुरु गरेको अभियानअन्तर्गत कामपाले १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको छ भने २० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना हटाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #गल्ली मिचेर बनाइएका घर र टहरामा चल्यो महानगरको डोजर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545