Techie IT
आईतबार, वैशाख ७,२०८२

भक्तपुर, दाङ, झापा र सल्यानमा चार जना मृत अवस्थामा फेला


 

काठमाडौं । भक्तपुर, दाङ, झापा र सल्यानमा चार जना मृत अवस्थामा फेला परेका छन् । भक्तपुर ,सूर्यबिनायक नगरपालिका–२ बालकोट धारापाटी बस्ने खोटाङ केपिलास गढी नगरपालिका–४ घर भएकी ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
त्यसैगरी दाङ, घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित मानव कल्याण सेवा समाजको घरमा भारतीय नागरिक रुपसिंह नाम बताउने करिब ४२ वर्षीय पुरुष आफ्नै विस्तारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, भद्रपुर नगरपालिका–७ बस्ने ४३ वर्षीय गोबिन्द श्रेष्ठ आफ्नै घरको कोठामा
बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सल्यान, कालिमाटी गाउँपालिका–५ खेरेलास्थित गोठरी खोलामा हाल नाम, थर,
वतन तथा उमेर समेत खुल्न नसकेका पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #झापा र सल्यानमा चार जना मृत अवस्थामा फेला, #दाङ, #भक्तपुर, #मृत अवस्थामा फेला


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545