प्रधानमन्त्रीद्वारा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नवौँ राष्ट्रिय बृहत् खेलकुद प्रतियोगिताका लागि तयार गरिएको ट्रफी सार्वजनिकीकरण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित समारोहमा उहाँले प्रतियोगिताका लागि तयार गरिएको ‘नेशनल गेम ट्रफी’ सार्वजनिक गर्नुभएको हो ।
सो अवसरमा प्रधानमन्त्री देउवाले मुलुकमा खेलकुद विश्वविद्यालय स्थापना गर्नेतर्फ सरकारले काम गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “आर्थिक अवस्था राम्रो छैन, तर पनि सुरुआत गर्नेछौँ, यसबाट खेलप्रेमी अझै आकर्षित हुने विश्वास लिएको छु, युवामा खेलकुदप्रति राम्रो लगाव छ ।”
नेपाली खेलकुदमा अघि भए पनि राष्ट्रियरुपमा भने ख्याति प्राप्त गर्न बाँकी नै रहेको उल्लेख गर्दै उहाँले नेपाल खेलकुद प्रेमी देश भएकोसमेत बताउनुभयो । युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले नवौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पहिलो पटक धेरै पदक विजेता टोलीलाई ट्रफीको व्यवस्था गरिएको जानकारी दिनुभयो । उक्त ट्रफी चाँदी र सुन जडित करिब रु १० लाखको लागतमा तयार गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र नयाँ व्यवस्था हुन लागेको ट्रफीसम्बन्धी विवरण प्रस्तुत गर्नुभएको थियो ।
उक्त ट्रफी सातै प्रदेशका मुकाम र विभागीय टोलीका मुख्यालयमा पुर्याएर प्रतियोगितास्थल पोखरामा लगिने उहाँले जानकारी दिनुभयो । सो प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच प्रतिस्पर्धा हुनेछ । रासस
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #प्रधानमन्त्रीद्वारा नवौँ राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक, #शेरबहादुर देउवा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्