पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बितेको २४ घण्टामा देशभर गरिएको ३ हजार ७९० जनाको नमूना परीक्षणबाट १२६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६७४ जनाको आरटी–पीसीआर गर्दा ७५ जना र २ हजार ११६ जनाको एन्टिजेन परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ लाख ९९ हजार १२१ जना पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण कसैको पनि मृत्यु भएको छैन । पछिल्लो विवरण अनुसार नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या १२ हजार १५ जना छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३७ जना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख ८४ हजार ९७७ जना पुगेको छ । यो कुल संक्रमितको ९८ दशमल ६ प्रतिशत हो ।
अघिल्लो दिन देशभर ४ हजार ८४ जनाको नमूना परीक्षण गर्दा ११९ जनामा संक्रमण पुष्टि भएको थियो भने कोरोना सङ्क्रमणका कारण थप मृत्यु भएको थिएन । उक्त दिन १३० जना संक्रमित संक्रमणमुक्त भएका थिए ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २ हजार १२९ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ५९ लाख १५ हजार ८९८ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले २ हजार १२९ जना आइसोलेसनमा छन् ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोरोना भाइरसको संक्रमण पुष्टि, #पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्