सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर काकीद्वार्रा एमडी एमएस प्रणालीको शुभारम्भ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमडी एमएस प्रणालीको शुभारम्भ गरेका छन् ।
डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) उद्घाटनमा बोल्दै उनले आफू अर्थमन्त्री हुदाँ यो प्रणालीबाट अवैध मोबाइलको चलखेल बन्द गर्न नीति ल्याएको र अहिले सञ्चार मन्त्रीको रुपमा यसलाई लागू गर्न पाएकोमा खुसि लागेको बताएका छन् ।
‘म आजभन्दा ४ वर्ष अगाडी अर्थमन्त्रीको मैले जिम्मेवारी सम्हाल्दै गर्दा यो प्रणालीबाट अवैध मोबाइलको चलखेल बन्द गर्न नीति रुपमा मेरै कार्यकालमा यसलाई लागू गरेको थिए । र आज संयोगले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्न पाउदा शुभारम्भ गर्न पाएको छु ।’
उनले अब आउने निर्वाचनमा जनतालाई मत दिने मेसिनको रुपमा नभई समृद्ध देश बनाउने महत्वपूर्ण भागको रुप मानेर अगाडी जानु पर्ने बताएका छन् ।
‘हामीले जनतालाई केबल मत माग्ने र दिने एउटा मिसिनको रुपमा होईन अब समृद्ध नेपाल र १० वर्षभित्रमा कमसेकम दक्षिण एसियामा सम्पन्न मुलुक मध्यका नेपाली चिनाउने अभियानको रुपमा यो निर्वाचनमा हामी जनताको सामु जानुपर्छ र जनताबाटै अनुमोदित भएर त्यस दिशामा अब देशलाई हामीले निर्देशित गर्नुपर्ने अहिलेको अवस्था छ ।’
उनले हाम्रो देशलाई श्रीलङ्का बन्न नदिनको लागि सम्भावना धेरै भएको र सम्भावनाहरुलाई अवसरको रुपमा प्रयोग गरेर अगाडी बढ्नु बाहेक विकल्प नरहेको पनि बताए ।
अब नेपालमा जसरी जलस्रोत र पर्यटन विकासको सम्भावना छ, त्यस्तै गरेर आइटि हबको रुपमा नेपाललाई परिनत गर्न सक्यौ भने विदेशि मुद्रा आर्जन गर्ने यी बराबरको क्षेत्र सञ्चार पनि भएको उनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानेन्द्र बहादुर कार्की, #सञ्चार तथा सूचना प्रविधिमन्त्री
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्