तारकेश्वर नगरपालिकाद्वारा डेङ्गु नियन्त्रणलाई चार अभियान सञ्चालन

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाले डेङ्गु नियन्त्रणका लागि एकै पटक चार अभियान सञ्चालन गरेको छ ।
नगरपालिकाभित्र दिनानुदिन डेङ्गुु सङ्क्रमितको सङ्ख्या बढेसँगै तारकेश्वरले वडास्तरमा विभिन्न कार्यक्रम बनाएर स्वास्थ्यकर्मीलाई परिचालन गरेको हो ।
नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले डेङ्गुु नियन्त्रणका लागि नगरपालिकाले जनचेतना, लामखुट्टे नियन्त्रण, डेङ्गुुको परीक्षण र उपचारलाई सँगसँगै अगाडि बढाएको जानकारी दिनुभयो । उहाँका अनुसार तारकेश्वरको फुटुङ, काभ्रेस्थली, नेपालटार, मनमैजुलगायतका क्षेत्रमा डेङ्गुुका बिरामी बढी पाइएको छ ।
यस्तै, तारकेश्वरले डेङ्गुु नियन्त्रणका लागि जनचेतनासहित माईकिङ गर्नुका साथै सार्वजनिकस्थल तथा विद्यालय क्षेत्रमा पर्चा पम्प्लेट र जनचेनतामूलक सामग्री टाँसेको छ । सो नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा डेङ्गुु नियन्त्रणका लागि जनचेतनासहित सरसफाइ कार्यक्रम सञ्चालन, सार्वजनिक स्थानमा कीटनाशक औषधि छर्ने व्यवस्थासमेत गरेको छ । यसैगरी, उच्च ज्वरो भएका बिरामीको डेङ्गुु परीक्षण गर्न सबै वडाका स्वास्थ्य चौकीमा परीक्षण कीटको व्यवस्था गरेको नगरप्रमुख महर्जनले बताउनुभयो ।
डेङ्गुुका बिरामीलाई सबै वडाका स्वास्थ्य चौकीमा प्यारासिटामोलको व्यवस्था गर्नुका साथै डेङ्गुुका सिकिस्त बिरामीका लागि अस्पताल लैजान नगरपालिकामा एम्बुलेन्सको व्यवस्था गरिएको सो नगरपालिकाले जनाएको छ । सीमित स्रोत र साधनका बीच डेङ्गुु नियन्त्रणका लागि नगरपालिकाले काम गरिरहेको नगरप्रमुख महर्जनको भनाइ छ ।
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #breaking, #डेङ्गु नियन्त्रण, #तारकेश्वर नगरपालिका, #तारकेश्वर नगरपालिकाद्वारा डेङ्गु नियन्त्रणलाई चार अभियान सञ्चालन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्