नेपाली काङ्ग्रेसको समानुपातिक उम्मेद्वार बन्न ४ मापदण्डमा के के छ ?

काठमाडौं । नेपाली कांग्रेस भित्र यति बेला टिकट बितरणको प्रकृयालाई लिएर टिकाटिप्पणी आलोचना भइराखेको बेला कांग्रेसले चार वटा मापदण्ड बनाएको छ । प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्रको सिट बाँडफाँट टुंग्याउन सत्ता गठबन्धनले एघार दिनदेखि दिनहुँ बैठक गर्दै आए पनि सहमति जुटाउन सकेको छैन ।
पाँच दिनपछि समानुपातिक उम्मेदवारको सूची बुझाउनुपर्ने दबाबमा रहेका गठबन्धन दलका नेताहरूले सहमतिमा हतारो नगर्नुमा पार्टीभित्र बढ्न सक्ने असन्तुष्टि कारण टिकट बितरणमा नयाँ मापदण्ड ल्याइएको बताइएको छ ।
समानुपातिक उम्मेद्वार छान्न नेपाली काङ्ग्रेसले चार ४ मापदण्ड तय गरेको छ ।
१, गत स्थानीय निर्वाचनमा उम्मेदवार भएकाहरूले समानुपातिकतर्फ उम्मेदवारीको दाबी गर्न पाउने छैनन् ।
२, ०७४ मा समानुपातिकतर्फ उम्मेदवार भएका नेताहरूलाई समेत संघ वा प्रदेश दुवैतर्फ उम्मेदवार नबनाउने मापदण्ड तय भएको छ ।
३, प्रतिनिधिसभामा समानुपातिकबाट सांसद भएको व्यक्ति अब प्रदेशमा गएर पनि फेरि समानुपातिकबाटै सांसद बन्न नपाउने र प्रदेशमा भएको व्यक्ति प्रतिनिधिसभामा आएर समेत बन्न नपाउने गरी मापदण्ड निर्धारण गरिएको छ ।
४, उच्च नैतिकता, योग्यता, क्षमता भएको र उमेरको सन्तुलनलाई आधार मानेर पार्टीलाई लोकप्रिय मत थप्न सक्ने व्यक्तिलाई समानुपातिकतर्फ उम्मेदवार बनाउने मापदण्ड बनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेपाली काङ्ग्रेस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्