महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्व प्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । प्रमुख स्तरीय निर्णयबाट उहाँलाई आज नियुक्त गरिएको हो । प्रशासन विभागले आज नै उहाँको नियुक्त पत्र जारी गरिसकेको छ ।
श्रेष्ठले नेपाल प्रहरी सेवामा हुँदा सेवा र अनुसन्धानका क्षेत्रमा तालिम तथा अनुभव हासिल गर्नुभएको छ । उहाँले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानव अधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम गर्नुभएको छ । यसै गरी भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिनुभएको छ ।
यस्तै उहाँले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अन्य दर्जन बढी शीर्षकमा तालिम लिनुभएको छ । उहाँले तालिम लिनुभएका अन्य विषयमा दुर्घटनाका सिद्धान्त, आचरण र जोखिमका सिद्धान्त, विश्व इतिहासमा ट्राफिक, यातायात व्यवस्थापनलगायत छन् ।
सन् २००१ मा संयुक्त राष्ट्र संघीय मिसन कोसोभोमा उहाँले भाग लिइसक्नु भएको छ । उत्कृष्ट कार्य सम्पादनवापत उहाँले नेपाल सरकारले प्रदान गर्ने गोरखा दक्षिण बाहु र संयुक्त राष्ट्र संघले प्रदान गर्ने पदक पाउनु भएको छ । यस्तै विदेश सेवा पदकबाट सम्मानित भइसक्नु भएको छ ।
उहाँले मोन्जाम्बिक, तान्जानिया, बुल्गेरिया, स्वीडेन, डेनमार्क, ब्राजिल, हङ्गेरी, क्यानाडालगायत दर्जन बढी देशहरुको भ्रमण गरिसक्नुभएको छ ।
उहाँले उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको रुपमा काम गरिसक्नु भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा जगतमान श्रेष्ठ नियुक्त
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्