Techie IT
शनिबार, वैशाख ६,२०८२

व्यावसायीलाई क्षतिपूर्ति देऊ : महेश बस्नेत


काठमाण्डौँं । नेकपा एमालेका सांसद महेश बस्नेतले काठमाण्डौं महानगर पालिकाले मापदण्ड मिचेको जमिन खाली गराउने नाममा उचित समय र क्षतिपूर्ति नदिई चाडपर्वको मुखमा लाखौं व्यावसायीको बिचल्ली बनाएको आरोप लगाएका छन्। आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले दशैंको मुखमा महानगरपालिकाले लाखौं व्यावसायीहरुलाई रुवाबासी र बिचल्ली पार्ने काम गरेकाले उनीहरुलाई उचिता क्षतिपूर्ति दिन र यस्तो कार्यरोक्न माग गरेका छन् ।

“महानगरले मापदण्ड मिचेको जमिन खाली गर्ने सन्दर्भमा समय उचित विकल्प र क्षतिपूर्ति नदिकन दशैंको मुखमा लाखौं व्यवसायीहरुलाई रुवाबासि विचल्ली गर्ने काम भईरहेको छ । त्यसको लागि समय क्षतिपूर्ति र विकल्प दिनुपर्छ भन्ने मेरो माग छ ।”
उनले बैठकमा केही बौद्धिक अराजकताबादी शक्तिहरु, केही अभियान्ता केही स्वतन्त्रकर्मीहरु र सञ्चारकर्मीहरु मिलेर सोसल मिडियाको दुरुपयोग गर्दै पार्टी व्यवस्थालाई विथोल्ने र नेता कार्यकर्तालाई बदनाम गर्ने गरेकोे उल्लेख गर्दै यस्तो कार्य रोक्न सरकारसँग माग राखेका छन् । उनले त्यस्ता तत्वहरु अन्तराष्ट्रिय मिसनबाट परिचालित भएको समेत दाबी गरे ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाण्डौं महानगर, #महेश बस्नेत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545