Techie IT
आईतबार, वैशाख ७,२०८२

लमजुङ, म्याग्दी र दार्चुलामा पहिरोका कारण सडक अवरुद्ध


काठमाडौं ।  लमजुङ, म्याग्दी र दार्चुलामा पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।

लमजुङको बेसिशहर नगरपालिका–१ उदिपुरस्थित डुम्रे–बेसिशहर सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।  म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैशरीस्थित बेनी जोमसोम सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–९ नक्तडस्थित गोकुलेश्वर–दार्चुला सडकखण्डमा बुधबार बिहान पहिरो जाँदा सडक  पूर्ण रुपमा अवरुद्ध भएको छ ।  पहिरो गएका स्थानमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #म्याग्दी र दार्चुलामा पहिरोका कारण सडक अवरुद्ध, #लमजुङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545