Techie IT
आईतबार, वैशाख ७,२०८२

हराएको मोबाईल खोज्दै बुझाउदै चितवन प्रहरी, २६ थान मोबाईल सम्बन्धि धनीलाई हस्तान्तरण


चितवन प्रहरीले विभिन्न मितीमा विभिन्न स्थानहरूबाट चोरी भएका तथा हराइएका मोबाइलहरुको खोजी गरी सम्बन्धि धनीलाई हस्तान्तरण गरेको छ ।

विभिन्न कम्पनीका २६ थान मोबाईलहरु आज (मंगलबार) फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।

उपरीक्षक अधिकारीका अनुसार मोवाईल फोन हराएको भनी प्राप्त भएका निवेदनपश्चात काठमाण्डौ, पर्सा, नवलपरासी, कास्की लगायत जिल्लामा चलाईरहेको अवस्थामा हराएका सात लाख २५ हजार मूल्य बराबरको २६ थान मोवाईल फेला पारेको हो ।

फेला परेको मोबाईलको मूल्य चौध हजार रुपैयाँ देखी एक लाख २५ हजार रुपैयाँसम्म रहेको छ । आइफोन, सामसुङ, रेड्मी, ओप्पो , भिभो, पोको कम्पनीको मोवाईलहरु फेला पारी सम्बन्धित मोवाईल धनीलाई बुझाईएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।

आफ्ना हराएका तथा चोरी भएका मोबाइल भेटिएसंगै उनीहरुले प्रहरीको उच्च प्रशंसा गर्दै धन्यवाद समेत दिएका थिए । पछिल्लो समय चितवन प्रहरीले आफ्नु सक्रियता बढाएसंँगै मोबाईल फेला पर्ने क्रम समेत बढ्दै गएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:32 am6:32 pm +0545