Techie IT
शनिबार, वैशाख ६,२०८२

जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ


 

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २३ वर्षीय रेशम सुबेदी लगायत अन्य ९ जना रहेको प्रहरीले जानकारी दिएको छ ।
पोखरा महानगरपालिका–७ पर्यटक बसपार्कस्थित सुबेदीको सदाबहार रेष्टुरेण्टभित्र जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९३ हजार ६ सय २० रूपैयाँ र ५२ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545