Techie IT
शनिबार, वैशाख ६,२०८२

राष्ट्रपति भण्डारी र कमल थापा बिच भेटवार्ता


काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ ।

सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा मुलुकको समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

पछिल्लो समय विवादमा रहेको नागरिकता विधेयकको विषयमा थापाको धारणा फरक रहेको छ भने राष्ट्रपतिले चालेको कदमको पक्षमा आफूलाई उभ्याएका छन् ।

नागरिकता विधेयकको बारे थापाले सामाजिक संजाल मार्फत कडा आपत्ति प्रकट गरिरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #कमल थापा, #राष्ट्रपति विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545