Techie IT
आईतबार, वैशाख ७,२०८२

श्रमदानमार्फत खानेपानी ल्याइएपछि धरान उपमहानगरपालिकामा खुशीयाली


काठमाडौं । धरान उपमहानगरपालिकामा श्रमदानमार्फत खानेपानी ल्याइएपछि खुशीयाली छाएको छ ।

खानेपानीको चरम अभाव भोगेको उपमहानगरमा मेयर हर्क साम्पाङको अग्रसरतामा भएको तीन महिनाको श्रमदानले खानेपानी आउन सफल भएको हो ।

मेयर साम्पाङले धरानमा पानी ल्याएको भिडियो सार्वजनिक गर्दै सानो प्रयास सफल भएको प्रतिक्रिया दिएका छन् ।

श्रमदानमार्फत धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सञ्जालमा पोष्ट भएपछि धेरैले मेयर साम्पाङलाई बधाई दिँदै सकारात्मक प्रतिक्रिया दिएका छन् ।

भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #धरान उपमहानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545