Techie IT
बुधबार, माघ २३,२०८१

संविधान दिवसको अवसरमा नेकपा (एमाले)ले हजारौंको सहभागितामा पदयात्रा आयोजना गर्ने


काठमाडौं । नेकपा (एमाले) ले संविधान दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउन उपत्यकामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । आठौं संविधान दिवसका अवसरमा आगामी असोज १ गते उपत्यकामा हजारौंको सहभागितामा वाकथन (पदयात्रा)  आयोजना गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले संविधान जारी भएको दिन असोज ३ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने मिति तोकेकाले एमालेले यो कार्यक्रम असोज १ गतेलाई तय गरेको हो ।

उपत्यकाका विभिन्न पाँच ठाउँ नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोलबाट हजारौं मानिसहरूको सहभागितामा शुरू हुने वाकथनको वसन्तपुर पुगेर विसर्जन गर्ने कार्यक्रम तय गरिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले वसन्तपुरमा संक्षिप्त र महत्वपूर्ण सम्बोधन गर्नुभएपछि कार्यक्रम समापन गरिने छ ।
पार्टीका उपमहासचिव विष्णु रिमालले लामो राजनीतिक सङ्घर्षपछि नेपाली जनताले संविधान सभाबाट संविधान पाएको विषयलाई त्यही उचाईंमा महत्व दिनु आवश्यक देखिएकाले पार्टीले एउटा परम्पराको थालनी गर्न चाहेको र यसबर्ष वाकथन आयोजना गर्न लागिएको वताउनुभयो ।

संविधान दिवसका अवसरमा आयोजित यस कार्यक्रमलाई पार्टीको घेराभित्र सीमित नगरिएको र देशभक्त, सामाजिक क्षेत्र, पेशा, व्यवसायमा संलग्न तथा एमालेप्रति शुभेच्छा राख्ने आम जनसमुदायलाई सहभागिताका लागि आह्वान गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #संविधान दिवस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
15°
Fair
6:46 am5:48 pm +0545