भण्डाराका प्रहरी निरीक्षक गुरुङको एक्सन : चोरी भएको मोटरसाइकल सहित एक जना पक्राउ

चितवन । पुर्वी चितवनको राप्ती नगरपालिका ३ झुरझुरेबाट चोरी भएको मोटरसाइकलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीको चेकजाँच टोलीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा भारत बेतिहारी घर भई कास्की जिल्ला पोखरा महानगरपालिकाको लेखथान ४ बस्ने २० बर्षीया अबरार अन्सारीलाई हिजो (शुक्रबार) पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक कुमार गुरुङका अनुसार अन्सारीले
लेखनाथ १७ बाट ग २२ प ६६०४ नम्बरको मोटरसाइकल चोरी गरेका थिए । उनलाई चोरी भएको मोटरसाइकल भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले बरामद गर्न सफल भएको बताइएको छ ।
प्रहरीको चेकजाँच टोलीलाई छल्ने क्रममा आफैं अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना हुँदा उनी सामान्य घाइते भएको प्रहरीले जनाएको छ । बरामद गरिएको मोटरसाइकल आज (शनिबार) जिल्ला प्रहरी कार्यालय कास्कीबाट आएको प्रहरीको टोलीलाई जिम्मा लगाइएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्