मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६५ जनामा डेंगी संक्रमण पुष्टि

मकवानपुर। मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ६५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
पछिल्लो एक महिनामा यहाँ लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमितको संख्या बढ्दै गएको स्वास्थ्य कार्यालय मकवानपुरका जनस्वास्थ्य अधिकृत एवं सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए । उनले गएको १ साउनबाट बिहीबारसम्म ९ सय ८ जनामा डेंगी पुष्टि भएको बताए । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको हेटौंडा उपमहानरपालिकाको १,२,३,४ र ५ नंबरमा बढी डेंगी संक्रमित भएका छन् ।
यसैगरी,जिल्लाको मनहरी र मकवानपुरगढी गाउँपालिकामा पनि डेंगीका बिरामीहरु देखा परेको कार्यालयले जनाएको छ । जिल्लामा ज्वरो र डेंगीका बिरामीहरु बढे संगै अस्पताल र निजी स्वास्थ्य क्लिनिकहरुमा बिरामीको चाप पनि बढेको घिमिरेले बताए ।
जनस्वास्थ्य अधिकृत घिमिरेले हेटौंडामा डेंगी नियन्त्रण अभियान सुरु गरिएको बताए । स्वास्थ्य कार्यालयले उपमहानगरपालिका र विभिन्न संघसंस्थासंग सहकार्य गर्दै लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य र सचेतनामूलक कार्यक्रमहरू गरिरहेको छ । तर पनि जिल्लामा दिनप्रति दिन डेंगीका बिरामी बढ्दै गएका छन् ।
अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा जिल्लामा १९५ जनामा मात्र डेंगी पुष्टि भएको थियो भने १ जनाको मृत्यु भएको थियो । त्यसअघि, जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा १४, २०७६/०७७ मा २ हजार ४३४ र २०७६/०७६ मा ७५ जनामा डेंगी पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्क छ ।
यसैगरी, जिल्लामा लामखुट्टेकै टोकाइबाट हुने जापानिज इन्सेफलाइटिस संक्रमणबाट जिल्लामा चालु वर्षमै ३ जनाको मृत्यु भएको छ । गएको साउनयता जापानिज इन्सेफलाइटिस संक्रमणबाट जिल्लाको बकैया–७ का दुई जना र हेटौंडा–३ का १ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
पछिल्लो केहि साता यता देशभर डेंगीको बिरामीहरु बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगी नियन्त्रणको लागि प्रदेश र स्थानीय सरकारसंग समन्वय र सहजीकरण गर्ने तयारी थालेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #डेंगी संक्रमण पुष्टि, #मकवानपुर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्