Techie IT
आईतबार, वैशाख ७,२०८२

नागरिकता विधेयक अदालत पुर्याउने प्रचण्डको संकेत


काठमाडौं । नागरिकता विधेयकमा प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष पुगेका बेला आज प्रचण्डले अर्को षड्यन्त्रको संकेत गर्नुभएको छ । शुक्रबार बिहानै पोखरा पुग्नु भएका नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिको ‘मुड’ ठिक नभएकाले नागरिकता विधेयक अदालत पुग्ने बताएर फेरि अर्को षड्यन्त्रको संकेत गर्नुभएको हो ।

राष्ट्रपतिजीलाई दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन्, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ जस्तो नै लाग्छ मलाई,’ प्रचण्डले भन्नुभयो, ‘हुन त मैले केहीदिन अघि राष्ट्रपतिजीसँग भेटेर कुरा गर्दा उहाँ चाहीँ यो विषयलाई पोलिटिकल विषय बनाउने मुडमा भएकै देखेको थिएँ मैले।’

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने संभावना पनि भएको उहाँले बताउनुभयो । ‘त्यसकारण नगर्ने संभावना पनि छ। त्यसो भयो भने अदालतमा जान्छ। अदालतको फैसलापछि जान्छ। दोस्रो उहाँले राजीनामा दिनुपर्छ’ प्रचण्डले भन्नुभयो।

अदालतबाट आफ्नो अनुकुल फैसला आउनेमा ढुक्क देखिनुभएका प्रचण्डले गठबन्धनभित्र यस विषयमा छलफल भएको संकेत गर्नुभएको थियो ।

दुवै सदनबाट पारित भएर राष्ट्रपति समक्ष पुगेको नागरिकता विधेयक राष्ट्रपतिले १५ बुँदे सन्देशसहित फिर्ता पठाउनुभएको थियो । तर, गठबन्धनले बालुवाटारमा बसेर जस्ताकोतस्तै पारित गरेर पठाउने निर्णय गरेको थियो ।

प्रतिनिधिसभामा गठबन्धनको निर्णय बमोजिम नै जस्ताको तस्तै पारित मात्र गरिएन छलफलका क्रममा कतिपय साँसले राष्ट्रपतिमाथि अनेक लाच्छना लगाउने प्रयत्न पनि गर्नुभएको थियो । यही कारण राष्ट्रपति रिसाउनु भएको छनक पाएका गठबन्धन सम्वद्ध दलले राष्ट्रिय सभामा भने विधायन समितिमा पठाउने कर्मकाण्ड पूरा गरेका थिए । अन्ततः राष्ट्रियसभाले पनि उस्तैरूपमा पारित गरेर सभामुखले हस्ताक्षर गरी फेरि राष्ट्रपति कहाँ पठाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नागरिकता विधेयक, #नागरिकता विधेयक अदालत पुर्याउने प्रचण्डको संकेत, #पुष्पकमल दाहाल प्रचण्ड


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545