Techie IT
शनिबार, वैशाख ६,२०८२

दूतावास पुगेर राष्ट्रपतिद्वारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ। लैनचौरस्थित बेलायती दूतावासमा शुक्रबार दिउँसो पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्नुभएको हो ।

सात दशक राजगद्दीमा बसेकी ९६ वर्षीया महारानी एलिजाबेथको बिहीबार निधन भएको हो । शुक्रबार दिउँसो दूतावास पुगेर राष्ट्रपति भण्डारीले महारानी एलिजाबेथप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो । महारानीको निधन खबरले आफू दुःखी भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आफ्नो र नेपाल सरकारको तर्फबाट एलिजाबेथप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।

दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै उहाँले एलिजाबेथको निधनप्रति दुःख व्यक्ति गर्दै आफ्नो र नेपाल सरकार र जनताको तर्फबाट श्रद्धाञ्जली अर्पण गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #दूतावास पुगेर राष्ट्रपतिद्वारा महारानी एलिजाबेथको निधनप्रति दुःख व्यक्त, #राष्ट्रपति विद्यादेवी भण्डारी, #विद्यादेवी भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545