इन्द्रजात्राको पूजामा प्रमुख बालेन र उपप्रमुख सुनिता सहभागी

काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजा ठड्याएसँगै सुरु भएको येँया भनिने इन्द्रजात्राको आज मुख्य दिन । ईन्द्र जात्रा सुरु गर्नुभन्दा पहिलो क्षमा पुजा गरिन्छ ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता सुनिता डंगोलले पूजामा सहभागी जनाएका छन् । उनीहरुले शुक्रबार बसन्तपुरमा ईन्द्र जात्रा सुरु गर्नुभन्दा पहिलो दिन पूजामा सहभागी भएका हुन् । उनीहरुले पुजारीको हातबाट टिका र प्रसाद पनि ग्रहण गरेसंगै कुमारी घरमा पुगेर दर्शन पनि गरेका छन् ।
८ दिनको जात्रामा विशेष कुमारी, गणेश, भैरव लगायत श्री लाखे आजू, श्री आकाश भैरव, श्री पुल्किसी आजू, श्री इन्द्रचोक आकाश भैरव, स्वेत भैरव लगायत विभिन्न देविदउताहरुको प्रदर्शन गर्ने र नाचहरु हुने र मूल जात्रा कुमारीको, गणेश र भैरवको रथ यात्रा हुनेछ ।
आज दिउँसो कुमारीको रथलाई काठमाण्डौको तल्लो क्षेत्र लगन, मरु, लगायतको ठाउँमा तानेर क्वःनेयाः मनाइनेछ । कुमारीको रथसँगै लाखे, पुलुकिसी, लगायतका देवदेवीको नाच पनि प्रदर्शन गरिनेछ ।
हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा ठड्याएपछि सुरु भएको जात्राभरि सवःभक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इन्द्रजात्राको पूजामा प्रमुख बालेन र उपप्रमुख सुनिता सहभागी, #बालेन शाह, #वसन्तपुर दरबार क्षेत्र, #सुनिता डंगोल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्