Techie IT
आईतबार, वैशाख ७,२०८२

सांसद प्रकाश श्रेष्ठद्धारा नागार्जुन ठूलागाँउ माध्यमिक विद्यालयलाई ९ थान ल्यापटप हस्तान्तरण


 

काठमाडौं । प्रदेश पूर्वाधार साझेदार कार्यक्रम अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं ७ (ख) का माननीय सांसद प्रकाश श्रेष्ठले नागार्जुन ठूलागाँउ माध्यमिक विद्यालयलाई ९ थान कम्प्युटर हस्तान्तरण गर्नुभएको छ ।

गत बुधबार विद्यालयमा आयोजित कार्यक्रममा १२ जना शिक्षक शिक्षिका लाई ल्यापटप वितरण गरिएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चलाल तामाङ्गको को सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष परशुरम अर्याल वडा सदस्य शुत्र बहादुर तामाङ्ग एवम् विद्यालय व्यवस्थापन समितिका सदस्य रामेश्वर देवकोटा, चोलनाथ फुयाँल, शिवराम रेग्मी, केशव राज न्यौपाने, लक्ष्मी बलामी, दिर्घमाया राउत र शिक्षक अभिभावक संघका अध्यक्ष, शर्माला नेपाल, शिक्षक अभिभावक संघको सदस्य निर्माला थिङ, जयराम बलामी, मन्जु फुयाँल तथा अभिभावकहरुमो पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा सांसद श्रेष्ठलगायत वडा अध्यक्ष परशुरम अर्याल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पञ्चलाल तामाङ्ग, प्रधानाध्यापक अजुर्न फुयाँल, सहायक प्रधानाध्यापक शिव प्रसाद फुयाँल, र शिक्षक अभिभावक संघका अध्यक्ष, शर्माला नेपालले आ—आफ्नो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थीलाई तारकेश्वर नगरपालिकाले उपलब्ध गराएको छात्राबृद्धि वितरण तथा विद्यालय पोशाक पनि वितरण गरिएको थियो । उक्त कार्यक्रमको सञ्चालन भने सहायक प्रधानाध्यापक शिव प्रसाद फुयाँलले गर्नुभएको थियो ।


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #नागार्जुन ठूलागाँउ माध्यमिक विद्यालयलाई ९ थान कम्प्युटर हस्तान्तरण, #प्रकाश श्रेष्ठ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545