विश्वविद्यालयमा तालाबन्दी गर्नु पाप : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी गर्ने काम ‘महापाप’ भएको बताएका छन् । विद्यालय पवित्रस्थल रहेको बताउँदै उनले यस्तो पवित्रस्थलमा तालाबन्दी, तोडफोड र पठनपाठनमा प्रभावित गर्नु अपराधा गरेको बताए ।
अन्तर्राष्ट्रिय सारक्षता दिवसको अवसरमा शिक्षा तथा मानव स्रोत विकासले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले विश्वविद्यालय सुधारको निम्ति उठेका विषयहरुलाई छलफलबाट टुंगाउन सकिने जिकिर गरे ।
पवित्र स्थलमा तालाबन्दी गर्ने, तोडफोड गर्ने, पठनपाठनमा डिस्टर्ब गर्ने कुरा गरियो भने पुरानो भाषामा भन्दा ‘पाप’ लाग्छ । आधुनिक भाषामा अपराध हुन्छ । विश्वविद्यालयमा तालाबन्दी गर्ने होइन् । विद्यार्थी संगठन, प्रद्यापक संगठनले विश्वविद्यालय सुधारको निम्ति कतिपय कुराहरु छन् भने ती कुराहरु टेबुलमा बसेर गर्न सकिन्छ । जे चिजलाई हाम्रो परम्परालाई, ऐतिहासिक प्रचलनलाई हामीले पवित्र स्थल भनेका छौं, पवित्र स्थलको गेटमा गएर ताला लगाइयो भने के हुन्छ । हामी शिक्षा प्रणालि सुधार्न सक्छौं ?
मन्त्री पौडेलले नेपालमा अध्ययन भएका विषयहरुलाई अझ बढी परिस्कृत गर्नुपर्नेमा जोड दिए । अत्यावश्यक भएका विषयहरुलाई अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गरेर ल्याउन सके देशको शिक्षा प्रणालिलाई सुधार गर्न सकिने उनको भनाई छ ।
जुन विषयमा नेपालमा पढाई भएको छ । ती विषयहरुलाई राम्रोसँग पढाई गर्ने, जुन विषय अत्यावश्यक छ, आवश्यक भएका विषयहरुलाई हामीले अन्र्तर्राष्ट्रिय युनिर्भसिटीसँग पनि सम्बन्ध कायम गरेर ल्याइन सके हामिले हाम्रो देशको शिक्षा प्रणालिलाई सुधार गर्न सक्छौं।
उनले विद्यार्थीहरुलाई समक्ष बनाउन प्राध्यापक र शिक्षकको महत्वपूर्ण भूमीका रहने उल्लेख गर्दै शिक्षकलाई आलोचना गर्न बन्द गर्नुपर्ने धारणा राखे । शिक्षालाई रोजगारसँग जोडेर लैजाने कुरामा सरकार प्रतिबद्ध रहेको उनको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #देवेन्द्र पौडेल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्