काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा अधिकारीको पदबहाली

काठमाडौँ । काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृत पदमा आज बसन्त अधिकारीले पदबहाली गर्नुभएको छ । भदौ १६ गतेको मन्त्री स्तरीय निर्णयबाट अधिकारी महानगरको प्रमुख प्रशाककीय अधिकृतमा नियुक्त हुनुभएको हो ।
पदवहाली भएसँगै उहाँले प्रशासनको अभिभावकका रुपमा काम गर्ने बताउनुभयो । ‘नीतिमा प्रमुख, उपप्रमुख, कार्यपालिका र नगरसभाको अभिभावकत्व रहन्छ । म प्रशासनको अभिभावकत्व गर्छु । कार्य सम्पादन सम्झौता गरेर अधिकार प्रत्यायोजन गर्छु र विभागको प्रगति मूल्याङ्कन गर्छु ।’ प्रमुख प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, ‘वडा सशक्त हुनुपर्छ । वडाले गर्ने ८८ वटा काम छन् । तीमध्ये ३५ प्रकारका शिफारिस र अन्य प्रकारका सेवा प्रवाह गर्नुपर्छ । महानगरसँग अहिले धेरैको अपेक्षा छ । त्यसका लागि वडालाई क्षमतावान बनाउनमा मेरो ध्यान हुनेछ ।’
अधिकारी २०४९ सालमा सहलेखापालबाट सेवा प्रवेश गर्नुभएको हो । २०५२ सालमा महालेखा परीक्षकको कार्यालय, २०५३ सालमा राष्ट्र बैङ्कको सेवा हुँदै २०५५ सालमा शाखा अधिकृत हुनुभयो । २०६२ सालमा उपसचिव र २०७४ सालमा सहसचिव हुनुभएका अधिकारीले स्थानीय, गृह प्रशासन, भूमि व्यवस्था, स्वास्थ्य, योजना आयोग, यातायात व्यवस्था, लोकसेवा आयोगलगायत विभिन्न सेवा र क्षेत्रको अनुभव हासिल गर्नुभएको छ ।
काठमाडौँ महानगरमा आउनुअघि उहाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्ताको जिम्मेवारीमा हुनुहुन्थ्यो ।
प्रदेश सरकार गठन हुँदा अधिकारीले बागमती प्रदेशको अर्थसचिवका रुपमा काम गर्नुभयो । त्यसपछि लुम्बिनी प्रदेश मुख्य मन्त्रीको कार्यालयमा १७ महिना सेवा गर्नुभयो ।
महानगरका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा हुनुभएको छ । उहाँ २०७८ पुस ७ गतेको निर्णयअनुसार महानगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त हुनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं महानगर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्