आफू निर्दोष भएको सन्दीपको दाबी

काठमाडौं । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको दाबी गरेका छन् । क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ ९क्यान० सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गर्नुभएको हो । कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले सन्दिपसँग आफूहरु सम्पर्कमा रहेको बताउनुभयो ।
सन्दिपले लिग सकेर नेपाल फर्किने जानकारी दिँदै अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले कहिले फर्किने भनेर सोधेका थियौं । उसले म्याच भ्याएर फर्किहाल्छु भनेको छ ।’ सन्दीपले आफ्नो कानूनी प्रक्रियामा क्यानले सहजीकरण गरिदिने आशा पनि व्यक्त गर्नुभएको छ । उहाँले राम्रो वकिल खोजेर सहयोग गरिदिन आग्रह गरेको मल्लले जानकारी दिनुभयो ।
यसैबीच, क्यानले सन्दिपमाथि तत्काल कुनै एक्सन नलिने भएको छ । हिजो क्यानका पदाधिकारीहरुबीच भएको अनौपचारिक कुराकानीमा अहिले पर्ख र हेरको रणनीति लिने समझदारी भएको हो । मल्लले थप्नुभयो,‘अहिलेसम्म सन्दिप एक आरोपी मात्र हुन् । जाहेरीकै आधारमा मात्र हामीले कारवाही गर्न हतार नगरौं भन्ने सल्लाह भएको छ । भोलि प्रहरीले अदालतमा मुद्दा दायर गरिसकेपछि हामी आफ्नो निर्णय लिनेछौं ।’
सन्दीप सीपीएल खेल्न केन्याबाट वेस्टइन्डिज गएका थिए । ३१ अगष्टबाट सुरु भएको सीपीएल १ अक्टोबरसम्म चल्नेछ । जमैका तल्लावाजमा अनुवन्धित सन्दीपले अहिलेसम्म टिमले खेलेका ३ वटा खेलमा प्लेइङ ११ मा स्थान पाएका छैनन् । आज जारी म्याचमा पनि उनलाई टिमले वेञ्चमा राखेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आफू निर्दोष भएको सन्दीपको दाबी, #सन्दीप लामिछाने
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्