Techie IT
आईतबार, वैशाख ७,२०८२

पोखराको महेन्द्रपुलका सटरहरूमा महानगरले चलायो डोजर


पोखरा।आफ्नै स्वामित्वको जमिनमा बनेका महेन्द्रपुलका सटर तथा घरमा पोखरा महानगरपालिकाले डोजर लगाएको छ ।

मेयर धनराज आचार्य, पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीसहितको टोली नगर प्रहरी लिएर बिहीबार महेन्द्रपुलका घर तथा सटर भत्काउन गएको थियो ।त्यहाँ बसेका पसलेहरूलाई हट्न यसअघि नै महानगरपालिकाले ३५ दिने सूचना दिएको थियो ।

त्यो म्याद २२ भदौमा सकिएको हो ।२०५६ सालमा स्थापना भएको पोखराको एक मात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो । हालका मेयर धनराज आचार्यसहितको टोलीले आज बिहान त्यसलाई भत्काएको हो ।

ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको छ । तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौँ राजस्व उठाउन बाँकी रहेको मेयर आचार्यले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोखरा महानगरपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Partly Cloudy
5:32 am6:32 pm +0545