Techie IT
आईतबार, वैशाख ७,२०८२

‘त्यो रात सन्दीपले पटक-पटक बलात्कार गरे’ पीडित किशोरी


काठमाडौँ । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध यौन दुर्व्यवहार आरोपमा प्रहरीमा उजुरी परेको छ ।

उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, काठमाडौंमा मंगलबार साँझ उजुरी परेको हो । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपसहित लामिछनेविरुद्द किटानी जाहेरी परेको हो ।

प्रहरीका अनुसार लामिछानेले ती किशोरीलाई गत भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा घुमाउन लगेका थिए । किशोरीले दिएको जाहेरीमा उल्लेख भए अनुसार सोही राती आफूमाथि लामिछानेले पटकपटक बलात्कार गरेको आरोप छ ।

जाहेरी दर्तासँगै पीडित किशोरीलाई एकद्वार संकट व्यवस्थापन केन्द्रमा लगेर स्वास्थ्य परीक्षणसमेत गरिएको प्रहरीको भनाइ छ। घटनाको प्रहरी वृत्त गौशाला र परिसरले संयुक्त रूपमा अनुसन्धान अघि बढाएको छ।

उनी अहिले क्रिकेट खेल्न विदेशमा छन् । नाबालिगको उजुरी परेको र यदि प्रमाणीत भए सन्दीप जेल जानुपर्ने हुनसक्छ ।

२५ वर्षीय सन्दीप नेपाली क्रिकेट जगतका अहिलेसम्मकै सर्वाधिक सफल क्रिकेटर मानिन्छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #त्यो रात सन्दीपले पटक-पटक बलात्कार गरे, #सन्दीप लामिछाने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545