Techie IT
आईतबार, वैशाख ७,२०८२

प्रहरी सहायक निरीक्षक मीन बहादुर खत्री बागलुङ प्रहरीकै “उत्कृष्ट प्रहरी”


बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङका  प्रहरी सहायक निरीक्षक (असई) मीन बहादुर खत्री बागलुङ प्रहरीकै “उत्कृष्ट प्रहरी घोषित” भएका छन् ।

बागलुङका प्रहरी प्रमुख (एसपी) दयानिधी ज्ञवालीका अनुसार ईलाका प्रहरी कार्यालय लुंखुदेउराली पर्वत दरबन्दी भई प्रहरी चौकी मालढुंगामा कायारर्त खत्रीले साउन १८ गते दिउँसो साँढे चार बजेको समयमा बागलुङ नगरपालिका १ मालढुंगास्थितबाट पश्चिम् रुकुम आठबिसकोट नगरपालिका वर्डा नम्बर ४ गोतामकोट घर भइ बागलुङ नगरपालिका वर्डा नम्बर ९ तित्याङमा डेरा गरेर बस्ने ३७ बर्षीया लक्ष्मी कुमारी शाहीलाई उनी संगै डेरा गरेर बस्ने रोल्पा लुङ्ग्री गाउँपालिका वर्डा नम्बर ७ बस्ने डोर बहादुर गुरुङले भाद्र २ गते रातीको २ बजे अन्तिमपटक करणी गरि गर्भवती बनाई हालसम्म फरार रहेकोमा निज फरार अभियुक्त गुरुङलाई कानुनबमोजिम पक्राउ गरेर कार्यालयमा दाखिला गर्न सफल भएको साथै, आफूलाई दिइएको जिम्मेवारी इमान्दार, अनुशासित एवं उत्कृष्ट ढंगले सम्पादन गरी विभागीय मुल्य-मान्यता, आदेश-निर्देशनको समेत पालना गरी कुशलतापुर्वक एवं प्रसंनीय ढंगबाट सम्पादन गरेको भन्दै उनलाइ साउन महिनाको “उत्कृष्ट प्रहरी घोषित” गरिएको बताए ।

प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्लाभरका प्रहरी कर्मचारीहरु मध्यबाट प्रत्यक महिना “उत्कृष्ट प्रहरी छनौट” गर्दै आइरहेको बागलुङ प्रहरीले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने अवधारणा अनुसार नै निजले गरेको कामको उच्च मुल्यांकन गर्दै साउन महिनाको “उत्कृष्ट प्रहरी घोषित” गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बागलुङ प्रहरीका अनुसार मातहत प्रहरी इकाइहरु मध्यबाट खत्रीलाइ “उत्कृष्ट प्रहरी घोषित” गरिएको हो ।

“उत्कृष्ट प्रहरी घोषित” भएसँगै उनलाई कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले प्रशंसा पत्र समेत प्रदान गरेका थिए । प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेको ज्ञवालीको भनाई छ । ज्ञवालीका अनुसार प्रहरी सहायक निरीक्षक भट्टराईले व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धान क्षेत्रमा विशेष योगदान पुर्‍याएकोले उत्कृष्ट कार्यसम्पादनको उच्च मुल्याङकन गर्दै नगद १२ सय रुपैयाँसहित “उत्कृष्ट प्रहरी घोषणा” गरिएको जानकारी दिए ।

प्रहरी चौकी मालढुंगाको इन्चार्जको रूपमा खटिएका उनी ब्यवसायिक एवं निडर छवि भएका जुनियर प्रहरी अधिकृतका रूपमा चिनिन्छन् । प्रहरी सहायक निरीक्षक खत्रीलाइ सम्मान गरेसंगै अन्य प्रहरी कर्मचारीहरुको समेत मनोबल बढ्ने बागलुङ प्रहरीको दाबी छ । उत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर जिल्ला प्रहरी कार्यालयमा निर्माण गरिएको स्तम्भमा एक महिनासम्म राखिदै आएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:32 am6:32 pm +0545