Techie IT
शनिबार, वैशाख ६,२०८२

साफ यु–१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसँग खेल्दै


श्रीलंका । श्रीलंकामा भइरहेको साफ यु–१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।
समूह बी मा भुटान पहिलो खेलमा भारतसँग ३–० ले पराजित भइसकेको छ । नेपालले भुटानलाई हराएमा एक खेलअघि नै नेपाल र भारत सेमिफाइनल प्रवेश गर्नेछन् ।
नेपालले शुक्रबार भारतसँग समूहको अन्तिम खेल खेल्नेछ । समूह ए मा बंगलादेश, श्रीलंका र माल्दिभ्स छन् ।

समूह ’बी’ मा रहेको भारतले १ खेलमा ३ अंक जोडेको छ । भारत शीर्ष स्थानमा रहेको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।
फाइनल सेप्टेम्बर १४ मा हुनेछ ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #साफ यु–१७ फुटबल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545