Techie IT
आईतबार, वैशाख ७,२०८२

युवालाई पालो दिने भन्दै डोरमणि पौडेलले चुनावगरे नलड्ने स्व–घोषणा


काठमाडौं । नेकपा एमालेका नेता तथा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले अबका कुनै पनि चुनाव नलड्ने र युवा पुस्तालाई ठाउँ छाड्ने घोषणा गर्नुभएको छ । त्यस्तै तनहुँ जिल्ला इन्चार्ज टुकराज सिग्देलले पनि चुनाव नलड्ने घोषणा गर्नुभयो ।

एमाले केन्द्रीय सदस्य तथा आफ्नो नाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भए पनि चुनाव नलड्ने घोषणा गर्नुभएको हो । सिग्देल २०५६ र २०७० मा दुईपटक निर्वाचित हुनुभएको थियो भने २०५१ मा पराजित हुनुभएको थियो ।

सिग्देलले यसपटक आफू कुनै पनि तहको उम्मेदवार नबन्ने घोषणा गर्दै आफू ६५ वर्ष पुगिसकेको र राजनीतिमा नाति पुस्ताको प्रवेश भइसकेको भन्दै उम्मेदवार नबन्ने बताउनुभयो । उहाँले आफू चुनावी कमाण्डर बनेर एमालेलाई जिताउन लाग्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #डोरमणि पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:32 am6:32 pm +0545