Techie IT
आईतबार, वैशाख ७,२०८२

संसदको आयू लम्बाउन नदिने एमालेको चेतावनी


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कुनै हालतमा संसदको आयू लम्बाउन नदिने चेतावनी दिएको छ । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले प्र्रमुख सचेतक विशाल भट्टराईले मनोनयन दर्ताको अघिल्लो दिन प्रतिनिधि र प्रदेश सभाको कार्यकाल समाप्त हुनैपर्नेमा जोड दिए ।
सरकारले दुईदिन भएपनि लम्बाएर कुनै हर्कत गरे चाहे एमाले त्यसको सधैं विपक्षमी उभिने बताउँदै त्यसलाई अनिवार्य रुपमा रोक्ने भट्टराईको भनाई छ ।

“मनोनयन दर्ताको अघिल्लो दिन हाम्रो प्रतिनिधि सभा र प्रदेश सभाको समाप्त हुनैपर्छ । दुईदिन भएपनि लम्बाएर अरु कुनै हर्कत गर्न तपाईहरुले चाहानुभएको छ भने नेकपा एमाले त्यसको विपक्षमा छ । हामी अनिवार्य रुपमा त्यसलाई रोक्न चाहान्छौं ।”

विशाल भट्टराईले निर्वाचन पछि पनि यो कार्यकाल यथावत् राख्ने कुरा विरोधाभाष हुने बताउँदै जनताले एउटै निर्वाचन क्षेत्रमा २ वटा सांसद देख्ने अवसर हुने भन्दै व्यङ्ग गरे । उनले यस्तो विरोधाभाष कुरा सरकार र कानूनी मन्त्रीले कसरी परिकल्पना गरेको भन्दै अच्चम लागेको व्यक्त गरे ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot, #विशाल भट्टराई, #संसदको आयू लम्बाउन नदिने एमालेको चेतावनी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545